उपल्लो डोल्पाका ८ वटा केन्द्र अझै सम्पर्कविहीन


१० मंसिर २०७४, आईतवार
Dolpa

डोल्पा: जिल्लाका ६६ मतदान केन्द्र मध्ये ५८ वटामा मतदान सुरु भएको छ । बाँकी ८ वटा केन्द्र अहिलेसम्म सम्पर्कविहीन छन् ।Dolpa

सम्पर्क नहुँदा ८ वटा केन्द्रमा मतदान सुरु भयो कि भएन भन्ने जानकारी नआएको प्रमुख जिल्ला अधिकारी केशवरजा आचार्यले जानकारी दिए । उपल्लो डोल्पाको शे(फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केन्द्रहरुमा सम्पर्क हुन नसकेको हो ।

शे(फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७