कांग्रेस र राप्रपाले अवरोध गरे पछि धादिङको एउटा केन्द्रमा ढिला मतदान सुरु


१० मंसिर २०७४, आईतवार
धादिङ dhading

धादिङ: लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुले वाम गठबन्धनका प्रतिनिधिलाई नै मतदान केन्द्रमा रोक लगाएपछि उत्तरी धादिङको झार्लाङमा ढिला गरी मतदान सुरु भएको छ ।धादिङ dhading

खनियाबास गाउँपालिका अन्तर्गत झर्लाङको बन्दीदेवी मतदान केन्द्रमा लोकतान्त्रिकका कार्यकर्ताले वाम गठबन्धनका प्रतिनिधिलाई मतदान केन्द्रमा जान रोकेपछि बिहान ७ बजेदेखि सुरु हुनुपर्ने मतदान प्रक्रिया ढिला गरी १० बजेबाट मात्र सुरु भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीका अनुसार भिरालो भौगोलिक अवस्था रहेकोमा मतदान गर्न हिडेका वाम गठबन्धनका कार्यकर्तालाई लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले माथिबाट ढुंगा खसाएर अवरोधको प्रयास गरेका थिए ।त्यसक्रममा वाम गठबन्धनका एक कार्यकर्ता घाइते भएको उनले जानकारी दिए । ‘एक जनाको हात भाँच्चिएको खबर आएको छ, धेरै जानकारी छैन ।’ प्रजिअ भण्डारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७