कुन शीर्ष नेताले कहाँ गरे मतदान ? (फोटोफिचर)


१० मंसिर २०७४, आईतवार
top leaders nepal voting 1024x576 1
काठमाडौँ: पहिलो चरण अन्र्तगत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् । top leaders nepal voting प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भइरहेकाे छ ।  पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मतदान गरेका छन् ।

narayankaji 1 ZyEjPTeNMY

baburam bhattraiत्यस्तै एमाले सचिव योगेश भटटराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका  ३ नारायणी उमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराई ताप्लेजुङमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् । यता, एमाले नेता पृथ्वी सुब्बा गुरुङले लमजुङको बुधोदय मावि गिलुङबाट मतदान गरेका छन् ।

एमाले पाेलिटब्यूराे सदस्य तथा पूर्व मन्त्री शेरधन रार्इ भाेजपुरकाे अामचाेक गाउँपालिकाकाे शिक्षाज्योति अाधारभूत विद्यालय मतदान केन्द्र  गरेका छन् । 20171126032340 691664

prithbi subba gurung hJ9ofqISdy

त्यसैगरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदावार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गरेका छन् ।  त्यस्तै अर्का नेता बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोक २ बाट मतदान गरेका छन् ।

Janardan Sharma Rukum

baesaman T4F3ge38sj

onsari RrTMDL0JtQ

सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गापा महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । राणा सोही क्षेत्रको काङ्ग्रेस गठबन्धनको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।

chitra bdr kc RafIzN85AN OMVOQ8NtA6राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङबाट मतदान गरेका छन् ।काङ्ग्रेस नेता रामहरी खतिवडाले पनि ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिकाको थाक्लेबाट मतदान गरेका छन् ।ramhari khatiwada U4CHtoBP3Q

ram saran mahat

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७