विश्व उसु च्याम्पियनसिपमा भाग लिन निमा र दीपक रुस जाने


१० आश्विन २०७४, मंगलवार
nima ra dipak 1

काठमाडौं: रुसको कजानमा हुने १४ औं विश्व उसु च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।nima ra dipak

सेप्टेम्बर २६ देखि अक्टोबर ४ तारिखसम्म हुने च्याम्पियनसिपको महिलामा निमा घर्ती मगर तथा पुरुषमा दीपक हमालले प्रतिस्पर्धा गर्नेछन् । दुवैले थाउलोको नान् छ्वान अलराउन्ड स्पर्धामा भाग लिने छन् ।

निमाले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै स्वर्ण जितेकी थिइन् । निमाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी थिइन् । विश्व च्याम्पियनसिप निमाको दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । दीपकको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।1 1
मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जनले खेलाडीलाई आर्थिक सहयोग र ट्रयाकसुट प्रदान गरी सोमबार बिदाइ गरे । खेलाडीलाई प्रोत्साहन स्वरुप जनही १३ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रमा बोल्दै खेलाडीद्वय निमा र दीपकले सक्दो उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीमा क्षमता छ भन्ने सन्देश दिन प्रयास गर्ने धारणा व्यक्त गरे । खेलाडी मंगलबार राती फ्लाइ दुबईबाट रुस प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७