देशमा कम्युनिष्टले शासन गरे उत्तर कोरिया जस्तो बन्छ : नेता खाँड


९ मंसिर २०७४, शनिबार
balkrishna khand

काठमाडौं: नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले देशमा कम्यनिष्ट शासन आए उत्तर कोरिया जस्तो बन्ने बताएका छन् । शनिवार बिहान भक्तपुर क्षेत्र नम्बर २ मा चुनावी प्रचारप्रसार कार्यक्रममा निर्वाचन केन्द्रीय परिचालन समितिका सदस्य समेत रहेका खाँडल यस्तो बताएका हुन् ।
balkrishna khand
उनले कम्युनिष्टहरुको सरकार बने नेपाली जनताले उत्तर कोरियाको जस्तो जे भने त्यही मान्नु पर्ने स्वतन्त्र रहन नपाइने बताए । नेता खाँडले उत्तर कोरियाको उदाहरण दिँदे भने, ‘नेपालको विकास जलस्रोत र पर्यटनको प्रवद्र्धनबाट मात्र सम्भव छ, मुलुकमा कम्युनिष्ट शासन आए पर्याटक आउने वातावरण बन्दैन, अझ देश पछाडि पर्छ ।’
उनले युवाहरूले कम्युनिष्ट पार्टीलाई भोट दिनु भनेको आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्नु सरह रहेको बताए । कम्युनिष्ट विरुद्ध कडा रूपमा प्रस्तुत भएको खाँडले मुलुकमा कम्युनिष्ट शासन आए युवा पुस्ताका लागि ठुलो सकस हुने बताएका छन् ।
नेता खाँडले कम्युनिष्ट शासन देशको हितमा नरहेकोले मुलुकमा कुनै हालतमा कम्युनिष्ट शासन आउन नदिने बताए । ‘विश्वमा अब चारवटा मुलुकमा मात्रै कम्युनिष्ट शासन छ । आज जसरी नेपाली युवाहरू अध्ययन र रोजगारीका लागि विदेश जान पाएका छन्, कम्युनिष्ट शासनमा कोही पनि निर्वाध रूपमा विदेश जान पाउँदैन ।’
उनले  उत्तर कोरिया, क्युवा, लाओस र भियतनाममा मात्र कम्युनिष्ट शासन जिकिर गरे । ती मुलुकबाट कोही नागरिक स्वेच्छाले विदेश जान समेत नपाउने उनले बताए । नेता खाँडले नेपालीको विकासका लागि लोकतन्त्रको विकल्प नभएको र काँग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७