राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट


९ मंसिर २०७४, शनिबार
Shambhu Lal Shrestha1

काठमाडाैं : पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ ।  मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा शनिवार बिहान ५ बजेर १० मिनेटमा बम बिष्फोट भएको हो ।

Shambhu Lal Shrestha1

विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका प्रेस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिए । घर पछाडि पट्टी थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।बिहानै ठुलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।

घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएको र विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल पौडेलले बताए ।

अाजै झापामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा र नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको थियाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७