साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्ष

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्ष
बेलायत : साहित्य महासङ्घ साउथ युकेले  नयाँ वर्ष २०७४ लाई साहित्यिक र सांस्कृतिक कार्यक्रम गरी भव्यता पूर्वक मनाएकाे छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट साङ्गीतिक यात्रामा युके आईपुगेका गायक शिव परियारले  विशेष सांगितिक प्रस्तुति दिएका थिए । पहिलो गायक तथा कार्यक्रमका प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए...

प्रवासी थारु समाज युएईको अध्यक्षमा किशोर निर्वाचित

प्रवासी थारु समाज युएईको अध्यक्षमा किशोर निर्वाचित
युएई: प्रवासी थारु समाज युएईको तेस्रो अधिबेशनबाट अध्यक्षमा पुन : किशोर चौधरी (दाङ) निर्बिरोध निर्वाचित भएका छन् । अधिबेशनबाट किशोरको अध्यक्षतामा ४२ सदस्यीय नयाँ कार्यत्रसमिति गठन गरिएको हो । नयाँ समितिको प्रथम उपाध्यक्षमा दिपेन्द्र थनेत (नवलपरासी), उपाध्यक्षमा जुगराम थारु (बाँके), महासचिवमा मान महतो (नवलपरासी),सचिवमा रुपेश चौधरी (नवलपरासी), कोषाध्यक्षमा बासुदेव चौधरी (रुपन्देही) र सह(कोषाध्यक्षमा धर्मराज महतो (नवलपरासी) चयन भएका छन् । यस्तै अधिबेशनबाट प्रवक्ताको जिम्मेवारी खेम नारायण महतोलाई दिइएको छ । अधिबेशनको सांस्कृतिक...

नयाँ शक्ति प्रवास समिति साइप्रसको अधिवेशन १६ अप्रिलमा

नयाँ शक्ति प्रवास समिति साइप्रसको अधिवेशन १६ अप्रिलमा
साइप्रस : नंया शक्ति पार्टी नेपालको प्रवास समिति अन्तर्राष्ट्रिय नेपाली समाज साइप्रसको प्रथम ऐतिहासिक अधिवेशन यही १६ अप्रिलमा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज साइप्रसका कोषअध्यक्ष अनिमा शेर्पा र सदस्य कालीका मगरको व्यवस्थापनमा अधिवेशन ह’न लागको हो । कार्यक्रमा नयाँ शक्ति नेपाको अभियान्ता तथा  प्रादेशिक आदिवासी जनजाति संयोजक कर्मा पहाडी शेर्पाको उपस्थिति हुने जानकारी व्यवस्थापन समिति कालीका मगरले दिएका छन् । शेर्पा ६ वर्ष अघि नै साइप्रसमा जातीय सङ्घ सस्थाका साथै...

फिनल्याण्डको प्रतिनिधिमण्डलसंग चेम्बरको छलफल

फिनल्याण्डको प्रतिनिधिमण्डलसंग चेम्बरको छलफल
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत प्रतिष्ठित उद्योगी व्यवसायीहरुसंग चेम्बर भवन कान्तिपथमा फिनल्यान्डका राजदूत जोरमा सुभान्तोसँगै आएको प्रतिनिधिमण्डलसँग ‘फिनल्यान्डसंग व्यापार’ विषयक सेमिनारको आयोजना भयो । मंगलबार भएको उक्त कार्यक्रममा चेम्बरका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले स्वागत गर्नु हुँदै नेपालको भौतिक निर्माण, पर्यटन, कृषि, जलबिद्युत् क्षेत्रमा फिनल्यान्डका उद्योगी व्यवसायीहरुले लगानी गरेर फाइदा उठाउन सक्ने भएकाले लगानी गर्न आग्रह गरे । कार्यक्रममा फिनल्याण्डका राजदूत सुभान्तोले उपस्थित उद्योगी व्यवसायीहरुलाई...

कोरियामा एक नेपालीको दुर्घटनामा मृत्यु

कोरियामा एक नेपालीको दुर्घटनामा मृत्यु
काठमाडौँ : कोरियाको फरानमा काम गर्दै आइरहेका झापाका नबिन राईको दुर्घटनामा परि मृत्यु भएको छ । कम्पनीको समान लिएर जाने क्रममा उनी दुर्घटनामा परेको कोरियामा नै रहेको उनका साथि सुविन राई जानकारी दिए । उनले भने, ‘कम्पनीको काममा रहेको बेला कम्पनिकै ठुलो गाडिले टक्कर दिएर घाइते भएको उनलाई अस्पताल लादालादैँ मृत्यु भएछ ।’  अस्पतालमा राखिएकाे उनकाे शब नेपाल पठाउने तयारी भइरहेकाे बताए । कम्पनीको समान लिएर जाने क्रममा बिहान करिब ११.३० मा...

गरिब बालकलाई प्रवासी समाज धनकुटाको सहयोग

गरिब बालकलाई प्रवासी समाज धनकुटाको सहयोग
दुबई : प्रवासी धनकुटा समाज युएइले आर्थिक समस्यामा परेका बालकलाई सहयोग गरेको छ । घरको छतबाट लडेर गम्भिर घाइते मकवानपुरका ओमस तामाङ्गको उपचारको लागि समाजले ३८ हजार २ सय सहयोग गरेको हो । गत नोभेम्बर २९ मा मकवानपुरका २ बर्षे बालक तामाङ्ग घरको छतबाट लडेर गम्भिर घाइते भएका थिए । आर्थिक समस्याको कारण उपचारमा समस्या भएपछि उनको सहयोगको लागि समाजले सहयोग गरेको हो । टाउकोमा गम्भिर चोट लागेको कारण टाउकोमा अप्रेसन...

दुबईमा योगेशले भट्टराई भने, संविधान संशोधन गर्नै हुदैन भन्ने पक्षमा छैनौं’

दुबईमा योगेशले भट्टराई भने, संविधान संशोधन गर्नै हुदैन भन्ने पक्षमा छैनौं’
काठमाडौं  : नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा नरहेको बताएका छन्। युएई पुगेका भट्टराईले प्रवासी नेपाली मञ्चले यूएईले दुबईको जाविल पार्कमा गरेको कार्यक्रममा भट्टराईले संविधान सर्तसहित संविधान संशोधनको पक्षमा रहेको बताए। उनले भने, ‘संविधान संशोधन नै गर्नु हुँदैन भन्ने पक्षमा नेकपा एमाले नभएपनि मुलुकको राष्ट्रिय एकता, अखण्डताजस्ता मुद्दामा एमालेले सम्झौता गर्न सक्दैन।’ नेपाल कुनै एक जातिले मात्र निर्माण नगरेकाले सबै...

साउदी पुगेको ४ महिनामै नेपाली कामदारको मृत्यु

साउदी पुगेको ४ महिनामै नेपाली कामदारको मृत्यु
साउदी : ताप्लेजुङ जिल्लाको नाङ्खोल्याङ गाविस वडा नंम्बर ३ बोरादिनका प्रमोद श्रेष्ठ, काठमाण्डौंस्थित योङ ओभरसिज मेन पावरबाट उडेको ४ महिनामै फोक्सोको क्यान्सर रोगबाट मृत्यु भएको छ । प्रमोदले नेपाली रुपैयाँ ८५ हजार तिरेर एक चक्लेट फ्याक्ट्रीमा  काम गर्न साउदी पुगेका थिए । नेपालबाट बैधानिक रुपमा स्वास्थ्य परिक्षण गरी साउदी पुगेका श्रेष्ठ पुगेको ३ महिनामै विरामी परेर थलिएका थिए । उनलाई उपचारको लागि साउदीस्थित रियाद सनाद अस्पतालमा १८ दिन र मोवासात अस्पतालमा १२...

राष्ट्रिय हितको लागि एकताको पहल एमालेले गर्नुपर्छ : श्री माया थकाली

राष्ट्रिय हितको लागि एकताको पहल एमालेले गर्नुपर्छ : श्री माया थकाली
काेरिया : नेकपा एमाले पोलिटब्युरो सदस्य एब सभासद श्री माया थकालीले राजनितिक दलहरु गैरजिम्मेवारले राष्ट्रिय हित नगर्ने बताएका छन् । थकाली इन्टरनेसनल वुमन पिस ग्रुपको कार्यक्रममा दक्षिण  कोरिया आएकी उनले राजनीतिक दलहरूमा गैर जिम्मेवारी कम हुँदै गएकाे बताउँदै राष्ट्रिय हितको लागि नेकपा एमालेले  एकताको पहल गर्नुपर्ने बताइन् । कार्यक्रम प्रबाशी नेपाली मन्च कोरियाले आयोजना गरेकाे हाे। कार्यक्रममा प्रबाशी नेपाली मन्च दक्षिण कोरियाका निबर्तमान सल्लाहकार हेम थापा मगरलाई बिदाइ पनि गरियाे । भने...

बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन

बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन
विना राई बेलायत : किराती मिथकमा आधारित ऐतिहासिक एंव सांस्कृतिक चलचित्र ‘बिनायो’को बेलायतमा भव्य प्रर्दशन गरिएको छ । किराती सभ्यता र इतिहासप्रति बोध गराउने यो चलचित्र हेर्न सैंयौ बेलायतबासी किराती र गैरकिराती समुदाय बेलायतको अल्डरसट स्थित इम्पाएर हलमा उपस्थित थिए । किरात राईहरुको साझा संगठन किरात राई यायोक्खा र किरात राई सांस्कृतिक कलाकार संघ बेलायतको आयोजनमा २० अगस्टमा भएको प्रर्दशनमा निर्माता एंव गायक जितेन राई पनि उपस्थित थिए । किराती समुदायहरुका अगुवाहरुको...