गोर्खाहरुको एकीकृत आन्दोलनप्रति प्रवासी नेपाली मञ्च यूकेकाे ऐक्यवद्धता

गोर्खाहरुको एकीकृत आन्दोलनप्रति प्रवासी नेपाली मञ्च यूकेकाे ऐक्यवद्धता
बेलायत : भूतपूर्व गोर्खाहरुको एकीकृत न्यायिक आन्दोलनमा प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) ले ऐक्यवद्धता जनाएको छ । मञ्चले आन्दोलनमा सबैलाई साथ दिन अपिल समेत गरेका छ । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाले विज्ञप्ती जारी गरेर गोर्खाहरुको माग सम्बोधनका लागि सबै एकजुट हुन आग्रह गरेका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘गोर्खाजहरुको एकता र सहकार्य, राजनैतिक पार्टीका भातृ संगठनहरु, एनआरएनए यूके, अन्य जातिय तथा सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकार...

गैरआवासीय नेपालीले पनि मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री

गैरआवासीय नेपालीले पनि मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री
न्यूयोर्क : परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन अमेरिकाको शनिवार भएको पाँचौं बार्षिक साधारणसभाको उद्‌घाटन समारोहमा प्रमुख अतिथिका हैसियतले बोल्दै डा.महतले भने, ‘पिआर र ग्रिनकार्ड हुने नेपाली नेपाली नागरिक नै भएकाले निर्वाचनमा मतदान गर्न पाउनु पर्छ।’ ‘हरेक व्यक्तिको...

माइग्रेन्ट नेपालीे एकताको आवश्यक्ता किन ?

माइग्रेन्ट नेपालीे एकताको आवश्यक्ता किन ?
विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको वहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन अग्रपंतिमा नै उभिइरहेका छौँ भन्दा फरक नपर्ला ! हरेकदिन अन्तराष्ट्रिय विमानस्थलमा झर्ने काठको बाकसभित्र नेपालीको मृत...

स्थापना दिवस मनाउन प्रवासी मञ्चले बनायो समिति

स्थापना दिवस मनाउन प्रवासी मञ्चले बनायो समिति
बेलायत :  प्रवासी नेपाली मञ्चले आफ्नौं १२ औं स्थापना दिवस भव्यताको साथ मनाउने निर्णय गरेको छ । मञ्चको सातौ पूर्ण बैठकले १२ औं स्थापना दिवस भव्यताको साथ मनाउने निर्णय गर्दै आयोजक समिति बनाएको हो ।गत आइतबार लन्डन ह्यारोमा बसेको सातौँ पूर्ण बैठकले प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिमखडाको संयोजकत्वमा आयोजक समिति बनाएको हो ।  आयोजक समितिमा मञ्चका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, सचिबालय सदस्यहरु, हरेक इलाका कमिटिका अध्यक्ष रहेका छन् ।...

उपेन्द्र यादवले बेलायतमा भने, ‘गोर्खाली, मधेसी र जनजातिको लडाई उस्तै हो सँगै लडाैं’

उपेन्द्र यादवले बेलायतमा भने, ‘गोर्खाली, मधेसी र जनजातिको लडाई उस्तै हो सँगै लडाैं’
बेलायत : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बेलायतमा न्यायका लागि संघर्ष गरिरहेका गोर्खा सैनिक र नेपालका उत्पीडित समुदायको पीडा उस्तै भएको बताएका छन् । गोर्खाली, मधेसी र आदिवासी जनजातिको लडाई सबै विभेद विरुद्ध भएको उनको भनाई छ । अल्डरसटमा शनिबार गेसोको क्षेत्रिय समितिले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विभेद विरुद्धको आन्दोलन एक भएर लड्नुपर्ने समेत बताए । अध्यक्ष यादवले गोर्खाहरुको बारेमा आफूलाई धेरै थाहा नभए पनि विभेदको पीडा भने...

कर्णेल लामाद्वारा बेलायतको फौजदारी अदालतमा बयान दिन अस्वीकार

कर्णेल लामाद्वारा बेलायतको फौजदारी अदालतमा बयान दिन अस्वीकार
बेलायत : सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाले अदालत समक्ष बयान दिन अस्वीकार गरेका छन्। लण्डनस्थित केन्द्रिय फौज्दारी अदालत ओल्ड बेलीमा उनले आफ्नो बचाउमा बयान दिन अस्वीकार गरेका हुन्। सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले महासेनानी लामाका वकीललाई उनी बयान दिन चाहन्छन् कि चाहँदैनन् भनेर सोध्दा उनका वकीलले उनले बयान नदिने बताएका थिए। यसअघि एकजना ब्रिटिश प्रहरी अधिकारीले नेपाल सरकारले कर्णेल लामा र उनले यातना...

बेलायतमा साकेलाको धुमधाम 

बेलायतमा साकेलाको धुमधाम 
लण्डनः बेलायतको वकिङ शहर नजिकै किरात राईहरुको आफ्नै भूमी ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल (किराँत राई घर) मा उभौली यालेदोङ ५०७६ (२०७३) साकेलापर्व भव्य रुपमा सम्पन्न भएको छ । बेलायतमा हरेक वर्ष साकेला पर्व तथा उभौली सिली प्रतीयोगीता प्रतिस्पर्धाका साथ धुमधामसँग मनाउने चलन चलिआएको छ । गतवर्ष राष्ट्रमा विनासकारी महाभूकम्पले विचलित बनाएको कारण किरात राईहरु भूमिपुत्र अनि प्राकृतिक पुजक भएको हुँदा साकेलाको पूजा र देशमा फेरिफेरि संकटकाल नदोहोरीन...

एनआरएनको परोपकार तथा मानवीय सहायता समिति बन्यो

एनआरएनको परोपकार तथा मानवीय सहायता समिति बन्यो
बेलायत : गैर आवासीय नेपाली संघ (एनआरएन)ले परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । संकटमा परेकाहरुलाई सहयोग गर्ने यो समिति उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठन गरिएको हो । समितिको सदस्य सचिबमा रामशरण सिमखडा रहेका छन् । बेलायतमा रहेर गैर आवासीय नेपालीहरुको अभियानमा सक्रिय सिमखडा प्रवाशी नेपाली मञ्च बेलायतका अध्यक्ष समेत हुन् । संयोजकहरुमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा कृष्ण लामिछाने, मध्यपूर्वमा आरके शर्मा, अफ्रिकामा सुनिल कार्की, युरोपमा एकराज गिरी...

सङ्कटमा परेको क्याम्पसलाई प्रवासी सहयोग

सङ्कटमा परेको क्याम्पसलाई प्रवासी सहयोग
पर्वत : चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको पर्वत बहुमुखी क्याम्पस फलेवास, देविस्थानलाई रुसमा बस्दै आएका गैरआवासीय नेपाली गोविन्दप्रसाद गौतमले आर्थिक सहयोग गरेका छन् ।   पर्वतको देविस्थान घर भई रुसमा व्यवसाय गर्दै आएका गौतमले क्याम्पसलाई  एक लाख ५५ हजार आर्थिक सहयोग गरेका हुन् । गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यसमेत रहेकागौतमले काठमाडाैंमा आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरेका हुन्  । आफ्नो गाउँमा खुलेको र आर्थिक सङ्कटमा रहेको क्याम्पसलाई सहयोग गरेको गौतमले...

भूकम्प पीडितको घर बनाउने पैसाले लण्डनकै घरमा ‘बोइलर’ जोडिएपछि….

भूकम्प पीडितको घर बनाउने पैसाले लण्डनकै घरमा ‘बोइलर’ जोडिएपछि….
काठमाडौँः भूकम्प पीडितहरुलाई घर बनाउनका लागि वसन्त चौधरी फाउन्डेशनका लागि ‘होम्स फर ह्युमानिटी’ नामक संस्थाले लण्डनमा गरेको च्यारिटी कार्यक्रमबाट उठेको करिब ६ लाख रकम विवादमा परेको छ । गत सेप्टेम्बर महिनामा ‘होम्स फर हुम्यानिटी’ संस्थाले ‘हंस्लो हिथ बस ग्यारेज’मा गरेको च्यारिटी लञ्चबाट उठेको रकम संस्थामै आबद्ध एक सदस्य रोशना गुरुङले करिब सात महिना व्यक्तिगत प्रयोजनमा चलाएर अरु सदस्यले ताकेता गरेपछि आधा रकम नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाएपछि विषय विवादित बनेको हो...