प्रवासी मञ्च बेलायतले मनायो १२ औं स्थापना दिवस (फोटो फिचर सहित)

प्रवासी मञ्च बेलायतले मनायो १२ औं स्थापना दिवस (फोटो फिचर सहित)
लण्डन :  प्रवासी मञ्च बेलायतले आफ्नो १२ औं स्थापना दिवस एक भव्य कार्यक्रमका बीच मंगलबार लण्डनमा मनाएको छ । नेकपा (एमाले) निकट मञ्चले लण्डनको ह्यारोस्थित दिलसे ब्यांकेटिक हलमा नेपाली समुदायका अगुवा तथा बेलायतका विशिष्ट व्यात्तित्वहरुको उपस्थीतिमा स्थापना दिवस मनाइएको हो । नेकपा (एमाले)का संसद कृष्णभक्त्त पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, बेलायती सांसदहरु विरेन्द्र शर्मा, ब्यारी गार्डनर, ग्यारेथ थोमस लगायतका विशेष अतिथीहरुको पनि सहभागिता थियो...

बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन

बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन
विना राई बेलायत : किराती मिथकमा आधारित ऐतिहासिक एंव सांस्कृतिक चलचित्र ‘बिनायो’को बेलायतमा भव्य प्रर्दशन गरिएको छ । किराती सभ्यता र इतिहासप्रति बोध गराउने यो चलचित्र हेर्न सैंयौ बेलायतबासी किराती र गैरकिराती समुदाय बेलायतको अल्डरसट स्थित इम्पाएर हलमा उपस्थित थिए । किरात राईहरुको साझा संगठन किरात राई यायोक्खा र किरात राई सांस्कृतिक कलाकार संघ बेलायतको आयोजनमा २० अगस्टमा भएको प्रर्दशनमा निर्माता एंव गायक जितेन राई पनि उपस्थित थिए । किराती समुदायहरुका अगुवाहरुको...

गोर्खा कप क्यूजिएस् सिग्नल्स् रेडलाई

गोर्खा कप क्यूजिएस् सिग्नल्स् रेडलाई
लन्डन : आइतबार सम्पन्न १४ औं गोर्खा कप नन भेट्रानतर्फ क्यूजिएस् सिग्नल्स् रेडले जितेको छ । क्वीन्स् एभिन्यू फुटबल मैदान, अल्डरसटमा आयोजित प्रतियोगिताको फाइनलमा बी १३ लाई पराजित गर्दै क्यूजिएस् सिग्नल्स् रेडले उपाधि जितेको हो । विजेता टिमले दुई हजार पाउण्डसहित ट्रफी हात पारेको छ । दोश्रो (रनरअप) पुरस्कार एकहजार पाउण्ड थियो । यसैवर्ष आयोजक तमुधिं यूकेले पुरस्कार राशी बढाएको हो । त्यसैगरि, भेट्रानतर्फ केन्ट...

३५ हजार पाउण्ड नकमाउने कामदारले बेलायत छाड्नुपर्ने

३५ हजार पाउण्ड नकमाउने कामदारले बेलायत छाड्नुपर्ने
लन्डन : बेलायतमा बस्ने र काम गर्नेहरुका लागि यो अप्रिल, २०१६ ले धेरै परिवर्तन ल्याउने भएको छ । धेरै नयाँ कानुन र नीतिहरु यसै महिनादेखि कार्यान्वयनमा आउंदैछन् । नयाँ कानुनले गैर युरोपेलीमात्र होइन, बेलायती नागरिक समेत प्रभावित हुने छन् । दि इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, वार्षिक ३५ हजार पाउण्ड भन्दा कम्ती कमाउने गैर युरोपेली कामदार ५ वर्ष भन्दा बढि यो देशमा बस्न नपाउने नियम आउन लागेको छ । नयाँ नियमले नर्स, पिएचडी...

पत्रकार महासंघ बेलायतको अध्यक्षमा खपांगी निर्विरोध

पत्रकार महासंघ बेलायतको अध्यक्षमा खपांगी निर्विरोध
लन्डन : नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा नरेश खपांगीमगर निर्विरोध भएका छन् । शाखाको ६ मार्चमा हुने तेस्रो अधिवेसनका लागि आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि खपांगीको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । यसअघि विमला सेनेले उम्मेदवारी दिएपनि पछि उनले एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । यसको औपचारिक घोषणा भने ६ मार्च आइतबार अधिवेशनकाबीच हुनेछ ।  ताप्लेजुङमा जन्मिएका खपाङ्गीमगर यसअघि नेपाल पत्रकार महासंघ युके...

कोइरालाको निधनप्रति गैरआवासीय सङ्घ स्तब्ध

कोइरालाको निधनप्रति गैरआवासीय सङ्घ स्तब्ध
काठमाडौँः  गैरआवासीय नेपाली सङ्घले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित निधनबाट स्तब्ध भएको जनाएको छ । सङ्घका अध्यक्ष शेष घलेले मंगलबार शोक वक्तव्य जारी गरी नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका कोइरालाको निधनबाट सङ्घले अभिभावक गुमाएको बताएको छ । सङ्घले दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजन र कांग्रेस पार्टीमा समवेदना व्यक्त गरेको छ । रासस...

किरात राई यायोख्या अधिवेशन सम्पन्न, को को आए नेतृत्वमा ?

किरात राई यायोख्या अधिवेशन सम्पन्न, को को आए नेतृत्वमा ?
लन्डन : लन्डनको वकिङ शहर नजिकै किरात राईहरुको आफ्नै भूमि किरात राई हाउस, ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थलमा किरात राई यायोक्खा युकेको छैठौं अधिवेशन सम्पन्न भएको छ । यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा किरात राई यायोक्खा केन्द्रिय कार्य समिति नेपालकी पूर्व अध्यक्ष श्रीमती सुमाया राई, विशेष अतिथिहरुमा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेम बान्तवा र किराँत राई यायोक्खा केन्द्रिय कार्य...

बेलायती होम अफिसको निसानामा नेपाली

बेलायती होम अफिसको निसानामा नेपाली
लन्डन : बेलायतमा गैर कानुनी हैसियतमा बसेका नेपालीहरु समातिने क्रम बढेको छ । प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गर्दै नेपाल फर्काइरहेको हो । गैर कानुनी बसिरहेका केही नेपाली प्रहरी कष्टडीमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावाससम्म आइपुगेको छ । गैर कानुनी बसेका नेपाली समातिनेबाहेक बैंक ठगीदेखि बलात्कार र कुटपिटसम्मका अपराधमा केही नेपाली जेल परेका समेत पाइएको छ । रविन्द्र लामा र सिता (नाम परिवर्तन) दम्पत्ति गैर कानुनी बसेको आरोपमा एकमहिनादेखि प्रहरी थुनामा छन् ।...

एनआरएनलाई पुर्ननिर्माणको सारथी र नेपालीको सुखदुःखको साथी बनाउँछौं : डा. बद्री के.सी

एनआरएनलाई पुर्ननिर्माणको सारथी र नेपालीको सुखदुःखको साथी बनाउँछौं : डा. बद्री के.सी
डा. बद्री के.सी, गैरआवासीय नेपाली आन्दोलनको अग्रणी नाम हो । काठमाडौं फर्पिङमा जन्मिएका डा.के.सीले मस्को, रसियालाई कर्मभुमी बनाएका छन् । २००१ मा बायो टेक्नोलोजीमा मस्कोबाट विद्यावारिधि गरेका के.सी गैरआवासीय नेपाली संघकाको स्थापनाकालदेखि नै यो अभियानमा संग्लन छन् ।  एनआरएन अभियानसँगै नेपालको समृद्धि, गैरआवासीय नेपालीहरुको सुरक्षा र सम्मानको लागि क्रियाशिल डा.के.सीले शेष घले नेतृत्वको संघमा कोषाध्यक्षको जिम्मेवारी सफलता पूर्वक सम्पन्न गरीसकेका छन् । काठमाडौंमा जारी सातौ महाधिबेशनमा महासचिव पदमा उम्मेदवारी दिएका छन्...

एनआरएनले राजनीति होइन नेपाल र नेपालीको समृद्धिमा सहयोग गर्छ : शिबकुमार राई

एनआरएनले राजनीति होइन नेपाल र नेपालीको समृद्धिमा सहयोग गर्छ : शिबकुमार राई
शिबकुमार राई, एनआरन अभियानको सम्मानित र बौद्धिक नाम हो । अमेरिकाको ह्याम्मसर विश्वविद्यालयमा सामाजिक नीति बिषयमा विद्यावारिधी गरिहेका राई एनआरएन अभियानसँगै सामाजिक अभियान र आन्दोलनमा पनि उत्तिकै सक्रिय छन् । उनी स्थापनाकालदेखी निरन्तर एनआरएन अभियानमा लागिरहेका छन् ।  उनले एनआरएन अमेरिकाको महासचिव, बरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी सफलताको साथ पुरा गरेका छन् । एनआरएन अमेरिकालाई नयाँ उचाईमा ल्याउनमा उनको ठुलो भुमिका छ । उनकै पालामा एनआरएन अमेरिका सबै हिसाबले बलियो र संस्थागत...