कार दुर्घटनामा परी अमेरिकामा चार नेपालीको मृत्यु

कार दुर्घटनामा परी अमेरिकामा चार नेपालीको मृत्यु
न्यूयोर्क : जर्जिया राज्यमा गतशुक्रबार भएको एक सडक दुर्घटनामा चार जना नेपालीको मृत्य भएको छ । उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् । पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,उनकी पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ । पछाडी बस्ने चार जना सबै...

नेपाली चेली कन्चन अमात्य अमेरिकी संसदमा

नेपाली चेली कन्चन अमात्य अमेरिकी संसदमा
वाशिंगटन:ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययनरत नेपाली युवती कञ्चन अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिका फाँटमा चुनिएकी छन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसमा उनलाई यस्तो जिम्मेवारी दिइएको छ । अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी थिईन् ।हाल उनी ओक्लाहोमा बिश्व बिद्यालयमा युडब्लुसी डेविस छात्रवृति अन्तर्गत पूर्वस्नातक अन्डर...

दुर्घटनामा निधन भएका नेपाली वैज्ञानिक लामिछानेको दाहसंस्कार

दुर्घटनामा निधन भएका नेपाली वैज्ञानिक लामिछानेको दाहसंस्कार
अमेरिका :  गत साता दुर्घटनामा निधन भएका नेपाली वैज्ञानिक किरण लामिछानेको मंगलबार ड्यालसमा नेपाली परम्परा अनुसार दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि स्व. किरणप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । उक्त सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माले स्व. किरणको निधनबाट नेपालले एउटा असल र क्षमतावान व्यक्तित्वलाई गुमाउनु परेको बताए । उनले परिवारलाई पर्न गएको पीडालाई कुनैपनि शव्दले व्यक्त गर्न नसकिने उल्लेख गरे । अमेरिकामा बसोबास गर्दै आएका नेपाली वैज्ञानिक डा. किरण लामिछानेको...

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन
अमेरिका (क्यालिफोर्निया) : पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे । मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पु¥याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गरेको थियो । अमेरिकामा नेपाली भाषामा पत्रिका प्रकाशन भइरहेको भए तापनि अङ्ग्रेजी भाषामा प्रकाशन भएको यो पहिलो पत्रिका भएको प्रधान...

भारतीय नाकाबन्दीको विरोधमा अमेरिकामा प्रदर्शन

भारतीय नाकाबन्दीको विरोधमा अमेरिकामा प्रदर्शन
वाशिंगटन डिसीः भारतीय नाकाबन्दीको विरोधमा अमेरिकामा रहेका नेपालीले विशाल प्रदर्शन गरेका छन् । आइतबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडी नेपाली हजारौँको संख्यामा उपस्थित भएका नेपालीले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा गैरआवासीय नेपाली संघको आह्वानमा गैरआवासीय नेपाली संघ अमेरिका तथा अन्य संस्थाको सहभागिता थियो । प्रदर्शनमा सहभागी नेपालीले भारत विरुद्ध विभिन्न नाराबाजी गरेका छन् ।  नेपाललाई नाकाबन्द, भारतको आँखा बन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन जस्ता नारा नेपाली प्रदर्शनकारीले...

भारतीय नाकाबन्दी विरूद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन(फोटो फिचर )

भारतीय नाकाबन्दी विरूद्ध राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन(फोटो फिचर )
विरोध प्रदर्शनमा भारतीय नागरिकको पनि सहभागीता वासिङ्टन डिसी:  गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पहलमा भारतीय नाकाबन्दीको विरोधमा न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालय अगाडि नेपालीहरुले विशाल प्रदर्शन गरेका छन् । भारत सरकारले नेपालमाथि गरेको व्यवहार अमानवीय र अन्तरार्ष्ट्रिय सन्धिविरूद्ध भएको भन्दै अमेरिकामा रहेका भारतीय शिख समुदायले नेपालीको प्रदर्शनमा साथ दिएका हुन्।'भारत मानवीय बन', 'भारत नाकाबन्दी बन्द गर', 'दक्षिणी छिमेकी नेपाललाई नपेल' जस्ता नारा लगाउँदै प्रदर्शन गरेका नेपालीहरुले राष्ट्रसंघ महासचिब बान्की...

अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई

अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई
काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रदान गरिने सर्वोकृष्ट साहित्य पुरस्कार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिने भएको छ । समाजको शुक्रबार बसेको बैठकले पुडासैनीको नियात्रा सङ्ग्रह ‘नमेटिएका चित्रहरु’ लाई प्रदान गर्ने निर्णय गरेको हो । सन् २०१२ देखि २०१४ सम्म संसारभरबाट प्रकाशित नेपाली कृतिबाट सन् २०१५ को सर्वोकृष्ट साहित्य पुडासैनीलाई दिन लागिएको पुरस्कार छनोट समितिका अध्यक्ष सीता पाण्डेले जानकारी दिइन । पाण्डेले यो कृतिलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभर पु¥याउने लक्ष्य...

एनआरएनएमा अमेरिकाबाट सातजनाको उम्मेदवारी

एनआरएनएमा अमेरिकाबाट सातजनाको उम्मेदवारी
अमेरिका : गैरआवासीय नेपाली संघ (एनआरएनए) को असोजमा काठमाडौँमा हुन गइरहेको महाधिवेशनबाट चुनिने नयाँ कार्य समितिका लागि विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । दश हजारभन्दा बढी सदस्य सङ्ख्या बनाएको अमेरिकाले यस पटक आफ्नो देशबाट समेत राम्रो उपस्थिति खोजेको अवस्थामा सबैभन्दा धेरै प्रतिनिधि रहेको अस्ट्रेलिया र दोस्रो अमेरिकाबीच पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ । प्रमुख पदमा दुवै देशबाट उम्मेदवारी घोषणा भइसकेको छ भने अझै पनि उम्मेदवारी घोषणा हुनसक्ने अनुमान गरिएको...

प्रवासी नेपाली अमेरिकीद्वारा संविधानको स्वागत

प्रवासी नेपाली अमेरिकीद्वारा संविधानको स्वागत
अमेरिका : नेपालमा संविधान पारित भएको र घोषणा गर्ने कार्यक्रमसँगै अमेरिकामा रहेका नेपालीसमेत हर्षित भएका छन् । संविधानसभाले प्रवासमा रहेका नेपालीलाई समेत राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेको र सात दशक लामो सपना पूरा भएकामा अमेरिकामा रहेका विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम गरी संविधानको स्वागत तथा खुसियालीको कार्यक्रम गर्न लागेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले प्रवासी नेपालीको माग केही हदसम्म सम्बोधन हुनु स्वागतयोग्य भएको बताए । आगामी दिनमा...

अमेरिका पुगेका ११ नेपाली न्युयोर्क एयरपोर्टबाटै फर्काइए

अमेरिका पुगेका ११ नेपाली न्युयोर्क एयरपोर्टबाटै फर्काइए
न्युयोर्क :  लायन्स इन्टरनेशनलको कार्यक्रममा भाग लिन नेपालबाट अमेरिका पुगेका ११ जना नेपालीलाई न्युयोर्कबाटै स्वदेश फिर्ता पठाइएको छ । न्युयोर्कस्थित अध्यागमन विभागले ११ जना नेपालीको टिमलाई स्वदेश फिर्ता पठाइदिएको हो । उनीहरु अमेरिकाको हवाईमा भइरहेको लायन्सको सम्मेलनमा भाग लिने भन्दै न्युयोर्क विमानस्थल पुगेका थिए । तर, विमानस्थलस्थित अध्यागमन अधिकारीलाई शंका लागि चेक गर्दा उनीहरुको साथमा हवाईसम्मको टिकट नभेटिएपछि फिर्ता पठाइएको बताइएको छ । लायन्सको कार्यक्रम हवाईमा भए पनि उनीहरुको साथमा काठमाडौँबाट...