मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा
क्वालालम्पुर : कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेको छ । भने जति तलब पाएको त छ तर, एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उनलाई कारागारमा बसेकोभन्दा बढी सकस लाग्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूरा भएको छ । महिना मरेपछि हातमा तलब । काम उही, बुट बजार्ने । तेत्तीस डिग्री सेल्सियस तापक्रममा बाह्र घण्टा उभिएर सेवा गर्नु पर्दा...

गैरआवासीय नेपालीले पनि मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री

गैरआवासीय नेपालीले पनि मतदान अधिकार पाउँछन् : परराष्ट्रमन्त्री
न्यूयोर्क : परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले प्रवासमा रहका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। विदेशमा हुनेलाई तत्काल यस्तो अधिकार दिन प्राविधिक समस्या रहेकोमा त्यसलाई समाधान गर्न पहल भइरहेको उनले बताए। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएन अमेरिकाको शनिवार भएको पाँचौं बार्षिक साधारणसभाको उद्‌घाटन समारोहमा प्रमुख अतिथिका हैसियतले बोल्दै डा.महतले भने, ‘पिआर र ग्रिनकार्ड हुने नेपाली नेपाली नागरिक नै भएकाले निर्वाचनमा मतदान गर्न पाउनु पर्छ।’ ‘हरेक व्यक्तिको...

माइग्रेन्ट नेपालीे एकताको आवश्यक्ता किन ?

माइग्रेन्ट नेपालीे एकताको आवश्यक्ता किन ?
विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको वहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन अग्रपंतिमा नै उभिइरहेका छौँ भन्दा फरक नपर्ला ! हरेकदिन अन्तराष्ट्रिय विमानस्थलमा झर्ने काठको बाकसभित्र नेपालीको मृत...

कोरियामा एक नेपालीको दुर्घटनामा मृत्यु

कोरियामा एक नेपालीको दुर्घटनामा मृत्यु
काठमाडौँ : कोरियाको फरानमा काम गर्दै आइरहेका झापाका नबिन राईको दुर्घटनामा परि मृत्यु भएको छ । कम्पनीको समान लिएर जाने क्रममा उनी दुर्घटनामा परेको कोरियामा नै रहेको उनका साथि सुविन राई जानकारी दिए । उनले भने, ‘कम्पनीको काममा रहेको बेला कम्पनिकै ठुलो गाडिले टक्कर दिएर घाइते भएको उनलाई अस्पताल लादालादैँ मृत्यु भएछ ।’  अस्पतालमा राखिएकाे उनकाे शब नेपाल पठाउने तयारी भइरहेकाे बताए । कम्पनीको समान लिएर जाने क्रममा बिहान करिब ११.३० मा...

प्रवासी मञ्च बेलायतले मनायो १२ औं स्थापना दिवस (फोटो फिचर सहित)

प्रवासी मञ्च बेलायतले मनायो १२ औं स्थापना दिवस (फोटो फिचर सहित)
लण्डन :  प्रवासी मञ्च बेलायतले आफ्नो १२ औं स्थापना दिवस एक भव्य कार्यक्रमका बीच मंगलबार लण्डनमा मनाएको छ । नेकपा (एमाले) निकट मञ्चले लण्डनको ह्यारोस्थित दिलसे ब्यांकेटिक हलमा नेपाली समुदायका अगुवा तथा बेलायतका विशिष्ट व्यात्तित्वहरुको उपस्थीतिमा स्थापना दिवस मनाइएको हो । नेकपा (एमाले)का संसद कृष्णभक्त्त पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, बेलायती सांसदहरु विरेन्द्र शर्मा, ब्यारी गार्डनर, ग्यारेथ थोमस लगायतका विशेष अतिथीहरुको पनि सहभागिता थियो...

गरिब बालकलाई प्रवासी समाज धनकुटाको सहयोग

गरिब बालकलाई प्रवासी समाज धनकुटाको सहयोग
दुबई : प्रवासी धनकुटा समाज युएइले आर्थिक समस्यामा परेका बालकलाई सहयोग गरेको छ । घरको छतबाट लडेर गम्भिर घाइते मकवानपुरका ओमस तामाङ्गको उपचारको लागि समाजले ३८ हजार २ सय सहयोग गरेको हो । गत नोभेम्बर २९ मा मकवानपुरका २ बर्षे बालक तामाङ्ग घरको छतबाट लडेर गम्भिर घाइते भएका थिए । आर्थिक समस्याको कारण उपचारमा समस्या भएपछि उनको सहयोगको लागि समाजले सहयोग गरेको हो । टाउकोमा गम्भिर चोट लागेको कारण टाउकोमा अप्रेसन...

स्थापना दिवस मनाउन प्रवासी मञ्चले बनायो समिति

स्थापना दिवस मनाउन प्रवासी मञ्चले बनायो समिति
बेलायत :  प्रवासी नेपाली मञ्चले आफ्नौं १२ औं स्थापना दिवस भव्यताको साथ मनाउने निर्णय गरेको छ । मञ्चको सातौ पूर्ण बैठकले १२ औं स्थापना दिवस भव्यताको साथ मनाउने निर्णय गर्दै आयोजक समिति बनाएको हो ।गत आइतबार लन्डन ह्यारोमा बसेको सातौँ पूर्ण बैठकले प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिमखडाको संयोजकत्वमा आयोजक समिति बनाएको हो ।  आयोजक समितिमा मञ्चका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, सचिबालय सदस्यहरु, हरेक इलाका कमिटिका अध्यक्ष रहेका छन् ।...

भारतमा भएको सवारी दुर्घटना, चार नेपाली बेपत्ता

भारतमा भएको सवारी दुर्घटना, चार नेपाली बेपत्ता
प्यूठान : भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन्। एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो। त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए। दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र...

कार दुर्घटनामा परी अमेरिकामा चार नेपालीको मृत्यु

कार दुर्घटनामा परी अमेरिकामा चार नेपालीको मृत्यु
न्यूयोर्क : जर्जिया राज्यमा गतशुक्रबार भएको एक सडक दुर्घटनामा चार जना नेपालीको मृत्य भएको छ । उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् । पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,उनकी पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ । पछाडी बस्ने चार जना सबै...

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपाली

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपाली
पोखरा : विभिन्न सेवा पेसा र व्यवसायका लागि भारतको नयाँदिल्लीलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली आपसी हित र सहयोगका लागि सङ्गठित बन्दै गएका छन् । नेपालका विभिन्न जिल्लाबाट विभिन्न कामकाजको सिलसिलामा नयाँदिल्ली पुगेका नेपालीले आससी हित र सहयोगको लक्ष्य राख्दै गठन गरेका संस्थाको सङ्ख्या हालसम्म ५७ पुगिसकेको छ । नयाँदिल्लीमा गठन गरिएका संस्थाका माध्यमबाट नयाँदिल्लीमा रहेका नेपालीबीच आसपी सहयोग र भातृत्व कायम हुनुका साथै नेपालबाट विभिन्न कामका...