कोलकत्ताले दिल्लीलाई ७ विकेटले हरायो, अंक तालिकाको शीर्ष स्थानमा

कोलकत्ताले दिल्लीलाई ७ विकेटले हरायो, अंक तालिकाको शीर्ष स्थानमा
कोलकत्ता (एजेन्सी): गौतम गम्भीरले अभिजित ७१ रन बनाएपछि कोलकत्ताले दिल्लीलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदे १६० रन बनाएको थियो। उसका लागि सन्जु साम्सनले सर्वाधिक ६० रन बनाए। घरेलु मैदान इडेन गार्डेनमा १६१ रनको लक्ष्य पाएको कोलकत्ताले गौतम गम्भीर जमेपछि २२ बल बाँकी छँदै ७ विकेटको फराकिलो जित हात पार्‍यो। गम्भीरले ५२ बल खेल्दै...

युयुएनटीएफको तीन संस्थालाई सहयोग

युयुएनटीएफको तीन संस्थालाई सहयोग
काठमाडौँ: युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले तेक्वान्दोको विभिन्न प्रयोजनका लागि तीन संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । युयुएनटीएफले नुवाकोट तेक्वान्दो संघलाई सामाग्री खरिद गर्न १ लाख ५० हजार, बागलुङ तेक्वान्दो संघलाई भवन निर्माणका लागि ३ लाख र माइती नेपालका तेक्वान्दो खेलाडी उत्थानका लागि ४० हजार आर्थिक सहयोग प्रदान गरेको हो । युयुएनटीएफले माइती नेपालका खेलाडीका लागि यसअघि पनि ६० हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।आठौं सागअन्तर्गत तेक्वान्दोका स्वर्णधारी...

विराट कोहलीको टिमको उपाधि दौडबाट बाहिरिए

विराट कोहलीको टिमको उपाधि दौडबाट बाहिरिए
बेङ्लोर (एजेन्सी): विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बेङ्लोर लगभग आइपिएलको उपाधि दौडबाट बाहिरिएको छ। आफ्नो घरेलु मैदानमा नवौं खेल खेलिरहेको बेङ्लोरले पहिलो इनिङमा बनाएको १ सय ३४ रनलाई गुजरात लायन्सले ३७ बल खेल्न बाँकी रहँदै ७ विकेटमा पुरा गर्यो। गुजरातको जितमा उसको बलर मात्र होइन, आरोन फिन्चको बिस्फोटक ब्याटिङ पनि सहयोगी सावित भयो। फिन्चले ६ छक्का र ५ चौकाको सहयोगले ३४ बलमा ७२ रन बनाएपछि गुजरात सहजै जिततर्फ अग्रसर भयो। कप्तान...

कप्तान विराट कोहलीको टिम संकटमा, १ सय ३४ मा अलआउट

कप्तान विराट कोहलीको टिम संकटमा, १ सय ३४ मा अलआउट
बेङ्लोर (एजेन्सी): दशौं आइपिएलमा खराब सुरुवात गरेको रोयल च्यालेञ्जर्स बेङ्लोरको संकट झन बढेको छ। गुजराज लायन्सविरुद्ध हाल बेङ्लोरमा भइरहेको खेलमा घरेलु टोली १ सय ३४ रनमै खुम्चिन पुगेको छ। आज पनि बेङ्लोरका स्टार ब्याट्सम्यान कप्तान विराट कोहली ९१००, क्रिस गेल ९८०, एबी डीभिलियर्स ९५० छिट्टै आउट भए। केदार जाधव ९३१० ले केही ठोस इनिङ खेले। मन्दिप सिंह र पवन नेगीले छैटौं विकेटका लागि ४० रनको साझेदारी नगरेको भए बेङ्लोरको अवस्था अझै...

काठमाडौं तेक्वान्दो भोलि

काठमाडौं तेक्वान्दो भोलि
काठमाडौं: चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक डोजाङका अध्यक्ष पदमराज महर्जनले जनाएका छन् । पुरुषमा १३ र महिलामा ५ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु थानकोटस्थित कोटघरमा हुनेछ ।...

थाइल्यान्ड कराते च्याम्पियनसिपबाट कराते टोली फर्कियो

थाइल्यान्ड कराते च्याम्पियनसिपबाट कराते टोली फर्कियो
काठमाडौँ: थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी भई नेपाली कराते टोली बुधबार राती स्वदेश फर्किएको छ । अप्रिल २० देखि २४ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा नेपालले समान ५ रजत र कांस्य गरी १० पदक जितेको थियो ।टोलीका प्रशिक्षक मध्येका एक कुशल श्रेष्ठले जानकारी दिए अनुसार सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला ४७ केजीमुनि तथा पर्शुराम बास्तोला, गुभीराम...

आईसीसीको निर्णय नेपाली क्रिकेट खेलाडीको १५ महिनाको तलव दिने

आईसीसीको निर्णय नेपाली क्रिकेट खेलाडीको १५ महिनाको तलव दिने
काठमाडौं: नेपाली क्रिकेट खेलाडीको १५ महिनाको तलव दिने आईसीसीको निर्णय  गरेको छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको बिवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलव उपलब्ध गराउने निर्णय गरेका छन् । आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३...

हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा दक्षिणालाई स्वर्ण

हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा दक्षिणालाई स्वर्ण
हङकङ: दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका लागि स्वर्ण पदक दिलाइन् । हङकङस्थीत काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा कुमार लामा घिसिङको प्रशिक्षणमा रहेको नेपालले एक स्वर्ण,चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पायो । नेपालका चार खेलाडीले फाइनल यात्रा तय गरेपनि स्वर्ण जित्न सकेनन् । महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण जितीन् । क्याडेट २९ केजीमुनि सुप्रीमा बजगाई सडेन डेथमा मंगोलियाकी...

काठमाडौंमै स्पेनिस महारथी रियल मड्रिडको प्रशिक्षण शिविर

काठमाडौंमै स्पेनिस महारथी रियल मड्रिडको प्रशिक्षण शिविर
काठमाडौं: स्पेनिस महारथी क्लव रियल मड्रिडको रियल मड्रिड फाउण्डेसनले पाँच दिने फुटबल प्रशिक्षण शिविर काठमाडौंमा आयोजना गर्ने भएको छ । फाउण्डेसनका लागि काठमाडौंको व्यवस्थापनको जिम्मा लिएको शुभारम्भ एजुकेसन एण्ड टूर्सले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी जेठ २२ देखि २६ सम्म काठमाडौंमा प्रशिक्षण शिविरको आयोजना हुने जानकारी दिएको छ । खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा हुने प्रशिक्षण शिविर रियल मड्रिडका प्रशिक्षकहरुले सञ्चालन गर्नेछन् । यसका लागि दुई जना प्रशिक्षक मड्रिडबाट...

अनुष्काको अनुमति बिना विराटले दाह्री नकाट्ने

अनुष्काको अनुमति बिना विराटले दाह्री नकाट्ने
नयाँ दिल्ली: (एजेन्सी) आइपिएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन यसपाली औसत छ। उनको टोली रोयल च्यालेञ्जर्स बेङ्लोरले पनि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। त्यही पनि विराटको चर्चा बलिउड नायिका अनुष्का शर्माको प्रेम प्रसंगका कारण निकै चुलिएको छ। विराटले अहिले जुन स्टाइलको दाह्री पालेका छन्, यसमा अनुष्काको भूमिका ठूलो रहेको बताइन्छ।विराटले आफ्नो नयाँ लुक सोशल मिडियामा पोस्ट गर्दै अन्य खेलाडी हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र रोहित शर्मालाई ट्याग गर्दै लेखेका...