त्रिशूली बस दुर्घटनाका घाइते भन्छन्, ‘रुखको बुटो समातेर गुहार मागे’

‘कसरी बाँचियो, अचम्म लागिरहेछ’


२५ श्रावण २०७६, शनिबार
bus accident dhading 20190809091209

धादिङ, २५ साउन । सर्लाही व्यापार व्यावसाय गरेर बसेको थिएँ । सामान लिन काठमाडौं जाँदै थिएँ । बस एकनासले गुडिरहेको थियो, सायद म निदाएको रहेछु ।

एक्कासी गड्याङ गुडङ आवाज आयो, के भयो केही मेसो पाइन, आँखा खुल्दा पानीमा रहेछु । म बस बाहिर उछिट्एिको रहेछु । मेरो झयालको सिसा खुला थियो । झ्याल खुला भएकै म बाहिर पुगेछुँ । थाहा पाउँदा म पानीमा बगिरहेको थिएँ ।

मलाई पौडन पनि आउँदैन थियो । सायद बाँच्न लेखेपछि जे पनि हुँदो हेछ । पानी खाइसकेको थिएँ । नदीले केही तल बगाएपछि किनारातर्फ बगायो । छेउको रुखको बुटो समातेर गुहार मागें । केहीबेरपछि प्रहरीले मलाई उद्धार गरेर अस्पताल ल्याउनु भयो ।

मेरो हात, खुट्टा र अनुहारमा चोट लागेको छ । धेरै चोट त देखिएको छैन । तर शरीर नराम्ररी दुःखीरहेको छ । अहिले यसरी बोलिरहँदा पनि अचम्म लागिरहेको छ । गाडीका सिटभरी यात्रुहरु थिए । उनीहरु बीचैमा झरे कि खोलाले बगायो केही थाहा छैन । बाँच्न लेखेपछि जे पनि हुँदो रहेछ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७