२०७६ साउन २५ गते शनिबारको तपाईको राशिफल


२५ श्रावण २०७६, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
चुनौती चिर्दै काम बनाउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । व्यापार व्यवसायमा लाभ मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
विभिन्न अवसरले पछ्याउने छन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैं पछि परिने छ । राजनैतिक कार्यमा बाधा आउने छ । सम्पती हराउने वा नष्ट होला । साँझमा पैसा खर्च हुने योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मेहनतीहरूका लागि दिन फलदायी रहने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शत्रुहरू किनारा लाग्ने छन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिने छ । मनोरञ्जनमा सहभागी भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । अरुको भर पर्दा धोका पाइने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आम्दानी प्रशस्तै बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेको र ताकेको कार्य पूरा होला । सामाजिक सभा समारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७