विप्लवको कोसी ब्यूरो प्रमुख पूर्वसभासद राईले पार्टी छाडे


२४ श्रावण २०७६, शुक्रबार
kiran rai

 काठमाडौं, २४ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’को नेतृत्वको नेकपाको केन्द्रीय सदस्य तथा कोसी ब्यूरो प्रमुख किरणकुमार राईले पार्टी छाडेका छन् । पूर्वसभासद समेत रहेका राईले विप्लव पार्टीको राजनीति छोडेर सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापासँगको सहमतिपछि आफु नेकपा प्रवेश गरेको बताए ।

माओवादी युद्धमा ब्रिगेड कमाण्डर समेत रहेका राई शान्ति प्रकृयापछि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा सुनसरी–१ बाट सभासद भएका थिए ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७