सिभिल बैंकको शाखा अब पाँचथरको रवीमा पनि


२४ श्रावण २०७६, शुक्रबार
1 2

काठमाडौं, २४ साउन । ‘समृद्धिका लागि सिभिल’ नारा आफूलाई द्रुत गतिमा अगाडि बढाइरहेको सिभिल वैंकले देशभर शाखा विस्तारको योजनालाई पनि तीब्रता दिएको छ ।

यहि अभियान अन्तर्गत बैंक पाँचथरको रवी बजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । रवीस्थित सिभिल बैंकको शाखाको उद्घाटन एक कार्यक्रमबीच मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमबाट गरिएको छ ।

2 2

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

3 2

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्‍याउने बताएका छन् ।

सरकारले हरेक स्थानीय तहमा बैंक पुर्‍याउने लक्ष्य लिइरहेका बेला सिभिल बैंकले रवीमा शाखा सञ्चालन गर्नु सुखद भएको बताए । उनले रबी बजार आर्थिक गतिविधिको थलो समेत भएकाले यहाँका किसानलाई सिभिल बैंकको शाखाबाट सहयोग पुग्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७