राहत सामग्रीमा अनियमितताको आरोप लागेका जिसस प्रमुखको किजिर : मनोमानी बाँडेको छैन


२२ श्रावण २०७६, बुधबार
PurnaprasadNeupane Okhaldhunga RSS 31

ओखलढुङ्गा, २२ साउन । जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले राहत सामग्रीमा अनियमितता गरेको भनेर आफूलाई लागेको आरोपको खण्डन गरेका छन् । प्रदेशसभा सदस्य मोहनकुमार खड्काले राहतमा अनियमितता गरेको भन्दै यही साउन १७ गते प्रशासनमा उजुरी दिएका थिए ।

प्रदेशसभा सदस्यले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई विवादमा तानेको भन्दै प्रमुख श्रेष्ठले आरोपको खण्डन गरेका हुन् । कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै उनले कमजोरी भए कार्वाही भोग्न तयार रहेकाले आरोप प्रमाणित गर्न चुनौती दिए ।

विसं २०७४ माघ ११ गतेको जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र सोहीअनुसार जिल्ला प्रशासन कार्यालयको चलानी नम्बर ११२३ को पत्रअनुसार जिससले निर्णय गरेर राहत सामग्री वितरण गरेको प्रमुख श्रेष्ठको दाबी छ । जिससले दिएका तारजाली र राहत सामग्रीका बारेमा जिससले आन्तरिक अनुगमन गरेर सार्वजनिक गर्ने प्रमुख श्रेष्ठले बताए ।

स्थानीय सडक सुधार तथा जीविकोपार्जन कार्यक्रम मातहतका सामग्रीका बारेमा जानकारी नभएको जिससले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रदेश नं १ का अर्थसमिति सभापति समेत रहेका खड्काले जिल्ला समन्वय समितिविरुद्ध प्रशासनमा मुद्दा दिएका थिए । मुद्दामा जिल्लाको विभिन्न ठाउँमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढङ्गले बाँडिएको विषयमा छानविन गरी दोषीउपर कार्वाहीको माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७