कश्मिरीमाथि दमन भए चुप नलाग्ने पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी


२२ श्रावण २०७६, बुधबार
PM Imran Khan Ta5mKTfur5

काठमाडौं, २२ साउन । भारतले जम्मु कश्मिरलाई दिएको विशेष राज्यको दर्जा खोस्ने निर्णय गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ ।

७० वर्षदेखि कश्मिर विवाद संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मिरलाई केन्द्र सरकार मातहत ल्याउने निर्णय गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै कश्मिरीमाथि दमन भए चुप नलाग्ने चेतावनी दिएका छन् ।

नले परमाणु हतियार सम्पन्न मुलुकले सकेसम्म खतरा निम्त्याउन नहुने भन्दै भारतीय पक्षबाट चालिने जुनसुकै कदमका लागि जवाफ दिन पाकिस्तान सक्षम रहेको बताएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७