विश्व प्रसिद्ध बडवेएजर र फोस्टर्स बियरको उत्पादन अब नेपालमै


१८ श्रावण २०७६, शनिबार
JGI LOGO 1

काठमाडौं,१८ साउन । राजब्रुअरी प्रालि र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्कइन बेभ बीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन र बोतल बनाउने सम्बन्धमा एक विशेष साझेदार सहकार्य सम्झौता भएको छ ।

राजब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधि युक्त ब्रुअरी हो ।

ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुनबियरलाई नेपालका बियर प्रेमीहरुले रुचाएका छन् ।

अब, यस क्षेत्रले चाँडै नै एबिइनबेभका स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्राण्डहरु जस्तैः बडवेएजर, बडवेएजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथ साथै आयात गरिएका एबिइनबेभको आफ्नै विश्व व्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होए गार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिएर पिउन सक्ने कम्पनीले जनाएको छ ।

राजब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा अनवरत रुपमा बजारमा म्ख्य आधिपत्य कायम गर्दै आएको छ ।

जावलाखेल ग्रुपको उत्पादनहरुको सूचीमा नेपालमै सबैभन्दा बढी बिक्री हुने ब्राण्डहरु जस्तै रुसलान, गोल्डेन ओक र ब्लु डायमण्ड जसले आ–आफ्नो समुहको सम्बद्ध बजारको प्रमुख हिस्सा ओगटेका छन्, ती उत्पादनहरु पर्दछन् ।

एबिइनबेभ, जसको प्रधानकार्यालयल्यूभान, बेल्जियममा रहेको छ,विश्वको करिब ५० भन्दा बढी देशहरु र आफ्ना ५०० भन्दा ज्यादा विविध प्रकारका ब्राण्डहरुका साथ यसको उपस्थिति रहेको छ । ब्राण्ड फाइनान्सका अनुसार बड वेएजर बियर विश्वको सर्वाधिक मुल्यवान् बियर ब्राण्ड हो र यो लगायत बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहमा ब्राण्ड पनि चर्चित रहेका छन् । यस्तो सूचीमा परेका अन्य ब्राण्डहरुमा स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे, रहो एगार्डेन हुन् ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘हामी हाम्रा उपभोक्ताहरुलाई विश्व मै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम गर्न कटिबद्ध छौं । एबिइन बेभ सँगको यो सहकार्य हाम्रो लागि अत्यन्त गर्वको विषय हो र यसले हामीलाई बजारमा हाम्रो व्यापारिक पदचिन्हलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने ठानेका छौं ।’

जावलाखेल ग्रुपअफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिनजोशीले भने, ‘हामीले हाम्रा विश्वव्यापी उद्योगी साझेदारहरुद्वारा मान्यता प्रदान गरिएको आयातित उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरेर विश्वको अत्युत्तम बियरहरु उत्पादनगर्ने क्षमताका साथ नेपालमा अत्याधुनिक प्रविधि जन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बियर उत्पादन गर्ने इतिहास रचेका छौं । वार्सटेनर र एबिइनबेभसँगको हाम्रो आबद्धता र ट्रेडमार्क अनुमतिहरुले हाम्राउपभोक्ताहरु माझ उत्कृष्ट उत्पादनहरु उपलब्ध गराउन हामीले आफ्नै लागि कायम गरेको उच्चतम मानकहरुलाई प्रतिबिम्बित गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७