किरात राई खेलकुद संघको स्मारिका विमोचन


४ श्रावण २०७६, शनिबार
kirat rai

काठमाण्डौ । किरात राई खेलकुद संघ केन्द्रिय समितिले स्मारिका विमोचन गरेको छ । कोटेश्वर स्थित सुम्निमा हलमा शनिबार स्मारिका विमोचन गरिएको हो ।

किरात राई समुदायमा जन्मिएर खेलका विभिन्न विद्या मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा योगदान गर्ने खेलाडीहरुको प्रोफाइल, खेलकुद सम्बन्धि आलेख र संस्थाको गतिविधि स्मारिकामा समेटिएको छ ।

स्मारिकामा दक्षिण एसियाकै सितोरियो करातेका गुरु थानेश्वर राई, राखेपका निर्देशक तथा करातेका वरिष्ठ प्रशिक्षक महेन्द्र राई, चर्चित अल्ट्रा धाविका मीरा राई, सशस्त्रका पूर्व आई जी तथा भलिबलका पूर्व खेलाडी दुर्जकुमार राई, सितोरियाका चर्चित खेलाडी सीता राई, म्याराथनका राष्ट्रिय किर्तिमानी धावक भूमिराज राई लगायत सात दर्जन खेलाडीहरुको प्रोफाईल समेटिएको छ ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रिय अध्यक्ष दिवश राईले संघको स्मारिका प्रकाशनले खेलाडीहरुले देशको लागि पु्र्याएको योगदानको दस्तावेजी करण भएको भन्दै प्रशंशा गरे । उनले भने हरेक मानिसको जीवनमा औपचारिक अनौपचारिक कनै न कुनै रुपमा खेल जोडिएको हु्न्छ । त्यसमा पनि खेलकै माध्यबाट देशको नाम उच्चो राख्न सफल खेलाडीहरुको दस्तावेजीकरण गर्ने कामले भावी पुस्तालाई समेत प्रेरणा प्रदान गर्छ ।

संघका अध्यक्ष तथा स्मारिकाका प्रधान सम्पादक महेन्द्र राईले खेल क्षेत्रमा उत्प्रेरणा महत्वपूर्ण हुनेमा जोड दिए । नेपालले ओलम्पिकमा गोल्डमेडल लिएको सपना देख्नु पर्ने र त्यसको लागि भावी पूस्तालाई उत्प्रेरित गर्नु पर्ने बताए । स्मारिकमा छुटेका खेलाडीहरुलाई आउँदो प्रकाशनमा समेट्ने समेत उनले जानकारी दिए ।
कार्यक्रममा किरायाका पूर्व उपमहासचिव डी.बि सरोज, संघका का.वा अध्यक्ष चन्द्र बदना राई, किराया केन्द्रिय सदस्य किवाहाङ राई लगायतले आफ्नो धारणा राखेका दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७