फेसबुकमा ‘जीन्दगीको आयु कति छ मलाई के थाहा ?’ लेखेको पाँचै दिनमा बम विष्फोटमा मारिए रामसिंह


३ श्रावण २०७६, शुक्रबार
ram

कैलाली, ३ साउन । मानिस जन्मिएपछि मृत्यु निश्चित छ । तर, मृत्यु कहिले, कसरी र कहाँ हुन्छ यो कसैको बस्को विषय होइन् । तर कहिलेकाँहीको बोलीमा यस्तो संयोग मिल्न जान्छ, जो पहिल्यै देखिएको जस्तो भान पर्न जान्छ ।

कैलालीको धनगढीमा कम विष्फोटमा परी ज्यान गुमाएका रामसिंहको हकमा पनि यहि संयोग मिल्न गयो । उनले पाँच दिनअघि मात्र फेसबुकमा एउटा स्टाटस लेखेका थिए–‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’ उनको फेसबुक स्टाटसमा अझै उनको स्टाटस छ तर, उनी छैनन् । अर्थात उनी संसारबाट विदा भइसकेका छन् । त्यो पनि दुःखद रुपमा । अनि साउन २ गते साँझको विष्फोटमा उनी मारिए ।

विप्लव कार्यकर्ता भएको पुष्टि
बिहीबार साँझ धनगढीमा भएको बम विष्फोटमा परेर ज्यान गुमाउने राम सिंह र घाइते लक्ष्मण सेराला प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कार्यकर्ता भएको खुल्न आएको छ । धनगढी विष्फोटको जिम्मा लिंदै विप्लव समूहले विष्फोटमा मारिएका सिंह आफ्नो कार्यकर्ता भएको पुष्टि गरिसकेको छ । सेरालाका विषयमा भने विप्लव समूह मौन देखिएको छ ।

 

ram singh

बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह आफूले बोकेको विष्फोटक पदार्थ पड्किँदा घाइते भएका थिए । उपचारका क्रममा बिहीबार राति धनगढीको माया मेट्रो अस्पतालमा उनको ज्यान गएको होे ।

उनी भारतको बेंगलोरमा काम गरेर ७ महिनाअघि मात्र घर फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीसँगै उनका दुई दाजुभाइ पनि घर आएका थिए । दुई दाजुभाइ रोजगारीका लागि फेरि भारत गए । तर, राम भने यतै रोकिए । यतै रोकिएका उनी विप्लवको गतिविधिमा संलग्न भएको खुल्न आएको छ ।

राम सिंह घरबाट ६ महिनाअघि ‘बेंगलोर जान्छु’ भनेर हिंडेको पाइएको छ । ‘आफ्ना दुई दाजुसँग फोनमा कुरा नभएको तर, च्याटमा कुरा भएको फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले भने, ‘भारत नगएर विप्लवका गतिविधिहरुमा लागेको उनीसँग बरामद भएका सामानले पनि पुष्टि गरेको छ । तर, कहिलेदेखि विप्लवमा लागेको हो भन्ने कुरा खोजी हुँदैछ ।’

विष्फोटमा परि ज्यान गुमाएका सिंहको मोबाइल र तीन वटा सिम प्रहरीले बरामद गरेको छ । उनको साथबाट ‘रिमोट टेस्टर’ लगायतका सामग्री पनि फेला परेको जनाइएको छ । उनले पछिल्लो समयमा को–को सँग कुराकानी गरेका थिए ? उनी कुन–कुन ठाउँमा बसेका थिए भन्ने कुरा उनले प्रयोग गर्ने तीन ओटा सिमको सहाराले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
को थिए रामसिंहले भेट्न खोजेका प्रहरी ?
विष्फोटमा मारिएका रामसिंहले काठमाडौमा कार्यरत एक जना प्रहरीलाई समेत सम्पर्क गरी काठमाडौं आउन लागेको जानकारी दिएको उनको कल डिटेलबाट मिलेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । तर, उनले बोकेका विष्फोटक पदार्थ पड्किएर उनको ज्यान गएको छ । उनले कसलाई भेट्न खोजेका थिए भन्ने विषयमा पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७