सिभिल बैंकले पायो आइएसओ मान्यता


२ श्रावण २०७६, बिहीबार
sivil bank

काठमाडौं, २ साउन :  सिभिल बैंक आइओएस ९००१ः२०१५ प्रमाणित बैंक बन्न सफल भएको छ।आज आयोजित एक कार्यक्रमबीच बैंकलाई आइओएस प्रमाणित गर्ने संस्था यूआरएस_युनाइटेड रजिस्टर अफ सिस्टमस्ले) सर्टिफिकेट प्रदान गरेको हो।

civil bank 1

सिभिल बैङ्कका अध्यक्ष ई.इच्छा राज तामाङले अब सिभिल बैंकको सेवा तथा सुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकायहरुको सबै नियमहरुको पालना गरि अगाडी बढी रहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरुमाग्राहकहरु कै सेवामा केन्द्रित भएर अगाडी बढ्ने कुरा बताए ।

gobinda gurung
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ

सिभिल बैङ्कका अध्यक्ष ई.इच्छा राज तामाङले अब सिभिल बैंकको सेवा तथा सुविधाहरु ग्राहकहरु केन्द्रित छन् र नियमनकारी निकायहरुको सबै नियमहरुको पालना गरि अगाडी बढी रहेको संस्था भएको पुस्टि भएको र आगामी दिनहरुमाग्राहकहरु कै सेवामा केन्द्रित भएर अगाडी बढ्ने कुरा बताए ।

आइओएस प्रमाणपत्र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदानगर्दा पाइने गुणस्तर प्रमाणीकरणका साथै नियमनकारी निकायद्वारा जारी गरिएको सबै नियम कानून पालना गरिएको प्रमाणपत्र भएको बैंकको भनाइ छ।

बैंकले आगामी दिनमा पनि ग्राहकमैत्री सेवा प्रदानगर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको भनाइ छ। बैंकले देसभरि ९६ शाखाबाट बैंकिङ कारोबारगर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७