प्रहरी महानिरिक्षक नियुक्त बारे सर्वोच्चमा बहस सकियो, फैसला मङ्गलवार हुने

काठमाडौं : नेपाल प्रहरीको महानिरिक्षक  ‘आइजीपी’ नियुक्त बारे सर्वोच्च अदालतमा पूर्ण इजालसमा बहस सकिएको छ । इजीपीको फैसला भने मङ्गलवार मात्रै हुने छ ।

आर्इजीपी नियुक्तिमाथि परेको रिटमा सोमबार सरकार पक्षका वकिलहरुले बहस गरेका थिए । सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक डिआईजी नवराज सिलवाल पक्षका कानुन व्यवसायीहरुले जवाफ दिएसँगै सम्पूर्ण कानुनी प्रक्रिया सकिएको हो । सोमबार सरकारी वकिलको तर्फबाट दुई नायव महान्यायाधिवत्ताले बहस गरेका छन् । रिट निवेदन कपिलदेव ढकाल र डीआईजी नवराज सिलवालका वकिलले आइतबार नै बहस गरेका थिए ।

बहस सकिएपनि प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति कार्यालय जानु परेका कारण सोमबार फैसला आउन नसकेको हो । मन्त्रिपरिषदले माघ ३० गते आईजीपीमा डीआईजी जयबहादुर चन्दलार्इ नियुक्ति गर्ने निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै डिअर्इजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ढकालले रिट दायर गरेपछि प्रधानन्यायाधीश कार्कीको एकल इजलासले त्यही दिन चन्दलार्इ नियुक्ति निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । प्रहरी प्रमुखका अर्का दावेदार सिलवालले पनि माघ ३० गते नै अर्को रिट दायर गरेका थिए । त्यसमा पनि प्रधानन्यायाधीश कार्कीकै इजलासले सुनुवाइ गर्दै चन्दलाई पदस्थापन नगर्न अर्को आदेश दिएको थियो । फागुन १८ गते हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया