मानव बेचविखन मुद्दामा ३७ वर्ष कैद तोकिएका वडाध्यक्ष सुनबहादुरलाई उच्च अदालतको सफाइ


१ श्रावण २०७६, बुधबार
Sun Bahadur Tamang Nuwakot

काठमाडौं, १ साउन । मानव बेचविखन मुद्दामा जिल्ला अदालत नुवाकोटले ३७ वर्ष कैद फैसला सुनाइएका नुवाकोटका सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै तामाङलाई सफाइ दिने फैसला गरेको हो । उच्च अदालतले सोमबार सुनबहादुरलाई सफाइ दिंदै दाबी पुग्ने सजाय समेत स्थगित गर्न भनेको छ । जिल्ला अदालतको फैसलाविरुद्ध सुनबहादुरले २०७५ जेठ २४ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उनी बाहेक सरकारी वकिलको तर्फबाट ३७ (नाम परिवर्तन) ले समेत पुनरावेदन गरेका थिए । उक्त पुनरावेदनमा कसैको पनि दाबी नपुग्ने फैसला उच्च अदालतले गरेको हो ।

नुवाकोट जिल्ला अदालतले २०७४ चैत ७ गते सुनबहादुरलाई दोषी ठहर गर्दै ३७ वर्ष ६ महिना कैद र २ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो ।

तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष हुन् । कांग्रेसबाट विजयी तामाङले भारतका विभिन्न ठाउँमा कोठी सञ्चालन गरेको आरोप थियो । भारतका विभिन्न चार ठाउँमा रहेको कोठी उनकी श्रीमतीले सञ्चालन गर्दै आएको र जबरजस्ती यौनधन्दामा संलग्न गराउँदै आएको आरोप पत्रमा जिकिर गरिएको थियो ।

भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा सुनबहादुरसहित ३ जनाविरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसार–पसारविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत पुस ७ गते पक्राउ गरेको थियो ।

बेचिएको स्थानवाट फर्केका महिलाहरुले दिएको जाहेरीका आधारमा सुनबहादुरविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालतको फैसलाले पक्राउ परे पनि उनी सर्वोच्चसम्म आएका थिए । तर, सर्वोच्चले धरौटीमा छोड्न नमानेपछि उनी थुनामा रहेका थिए । उच्च अदालतको यो फैसलापछि उनी थुनामुक्त हुने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७