राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज


१ श्रावण २०७६, बुधबार
acrow bridge

काठमाडौं, १ साउन । राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ । प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानीसँगको सम्पर्क टुट्न नदिन एक्रोबिज उपलब्ध गराइएको सेनाले जनाएको छ ।

विपद् व्यवस्थापनको पूर्वतयारीस्वरुप सेनाले पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतका ४ स्थानमा ६० मेट्रि टनसम्मको भारवहन क्षमता रहेका चारवटा एक्रोब्रिज तयारी अवस्थामा राखेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार काठमाडौँको थानकोट, धादिङको बैरेनी, चितवनको भरतपुर र बाराको जितपुरमा ५.५ मिटर चौडा र ७६.२ मिटर लम्बाइका एक्रोब्रिज तयारी अवस्थामा राखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७