नेपाली सेनालाई खुशीको खबर, बढ्ने भयो शान्ति सेनाको कोटा संख्या


२९ असार २०७६, आईतवार
nepal army un mission 20181001003045

काठमाडौं, २९ असार । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना संयुक्त राष्ट्रसंघको आग्रहमा थप शान्ति सैनिक खटाउन तयार भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित ‘चिफ डिफेन्स स्टाफ कन्फेन्स’ मा बोल्दै प्रधानसेनापति थापाले सो बताएका हुन् । प्रधानसेनापति थापाले नेपाली शान्ति सैनिकले संयुक्त राष्ट्रसंघको परिधिभित्र रहेर खेलिरहेको नेतृत्वदायी भूमिकाबारेमा प्रकाश पारेका थिए ।

प्रधानसेनापति थापाले नेपाली सेनाले द्वन्दरत क्षेत्रहरुमा शान्ति र सुरक्षा कायम गर्न अहोरात्र खटिरहेको बताए । त्यसका लागि आवश्यक परे पथ सैनिक खटाउन नेपाल तयार रहेको उनले बताएका थिए । हाले नेपाली सेनाका पाँच हजार ६३ सैनिक शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघ मातहतका विभिन्न मिसनमा खटिएका छन् ।

शान्ति सेनामा नेपाली सेनाको स्थान पाँचौं स्थानमा रहेको छ । एक सय ८ भन्दा बढी सदस्य मुलुकको सहभागिता रहेका कार्यक्रममा शान्ति कायम गर्नका लागि क्षमता अभिवृद्धि र शान्ति सेनामा महिलाको संख्या बढाउनेलगायतका विषयलाई प्राथमिकताका साथ चर्चा गरिएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७