दुर्घटना न्यूनिकरण गर्न यातायात मजदुरलाई अनुशिक्षण


२८ असार २०७६, शनिबार
vim

काठमाडौँ, २८ असार । नेपाल यातायात मजदुर सङ्गठनले यातायात मजदुरहरूलाई सडक सुरक्षासम्बन्धी तालिम प्रदान गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनद्वारा देशभर रहेका ४८ हजार यातायात मजदुरहरूलाई अनुशिक्षण प्रदान गरिएको हो । सातै प्रदेशका यातायात मजदुरहरूलाई यातायात विज्ञको टोलीले सवारी दुर्घटना कम गर्नको निमित्त शिक्षा प्रदान गरेको हो । 

शनिवार पुतली सडकस्थित जिफन्टको कार्यालयमा यातायात मजदुरहरूलाई तालिम दिइएको हो ।दिनहुँ जसो सडक दुर्घटनामा धनजनको क्षति हुने क्रम बढेपछि दुर्घटना न्यूनिकरणका लागि सङ्गठनले यातायात मजदुरहरूलाई तालिम प्रदान गरेको हो ।

y

कार्यक्रममा नेपाल यातायात सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले यातायात दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले यसलाई समयमै रोकथाम गर्न नसके सडक दुर्घटनाले भयावह रूप लिन सक्ने देखिएपछि दुर्घटना न्यूनिकरणका लागि सचेतना आवश्यक ठानेर तालिम आयोजना गरिएको बताए ।

tt

अध्यक्ष राईले यातायात व्यवसायबाट सरकारले प्रत्येक वर्ष २ खर्व २५ अर्वको हाराहारी कर सङ्कलन गर्ने भए पनि सडक सुधार र दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्न नसकेको बताए । जीफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधनसम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो रहेको बताए । उनले नेपाल पनि विदेशको जस्तो यातायात नियम लागू गरिए सडक दुर्घटना न्यूनिकरण भएर जाने बताए ।

t

कार्यक्रममा मेडिसिटी अस्पतालका डा. सञ्जय कार्कीले यातायात मजदुरहरूलाई सडक दुर्घटना र यसबाट उत्पन्न हुने स्वास्थ्य समस्या र खतराका विषयमा जानकारी दिएका थिए । सवारी सञ्चालनलाई व्यवस्थित र भरपर्दो बनाउँदै दुर्घटना कम गर्ने विषयमा नीरज ढौभदेल, अमृत डाँगीले सहभागीलाई जानकारी दिएका थिए ।

vim

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७