नारायणमान बिजुक्छेको नजरमा १० नेता

नारायणमान बिजुक्छेको नजरमा १० नेता
काठमाडाैं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका प्रभावशाली नेतामा पर्छन् । अहिले बिजुक्छेकोे दल नेमकिपाबाट संसद्मा चारजनाको मात्र प्रतिनिधित्व छ । वि.सं. ०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए पनि उनले ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी गठन गरे । र, त्यसयता आफू नै अध्यक्ष रहँदै आएका छन् । ३० को दशकदेखि नेपालको राजनीतिक हरेक घटनाक्रम र परिवर्तनमा भूमिका निर्वाह गरिरहेका...

यसकारण गलत छ ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव

यसकारण गलत छ ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव
मंसिर १४ गते राति रहस्यमय ढंगले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै राष्ट्रिय राजनीति तनावयुक्त बनेको छ । १४ महिनाभन्दा कम समयभित्र तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयन सुनिश्चित गर्नुपर्ने र यसका लागि संविधान निर्माणमा अगुवाइ गर्ने मुख्य दलबीच नयाँ समझदारी गरेर अगाडि बढ्नुपर्ने वेला सरकारले चालेको यस कदमले राजनीतिक द्वन्द्व चर्काउने काम गरेको छ । तर, यसभन्दा पनि चिन्ताको कुरा के छ भने यसले क्रमशः समाजमा विस्तारित हुँदै...

‘लोकमान अभियुक्त हो, उसको कर्ममाथि निगरानी गरेर नियन्त्रण गर्नुपर्छ’

‘लोकमान अभियुक्त हो, उसको कर्ममाथि निगरानी गरेर नियन्त्रण गर्नुपर्छ’
अख्तियार अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुत्ती बिरुद्ध सुरुदेखी आवाज उठाउने मध्येका एक हुन् एमाले केन्द्रीय सदस्य एंव सांसद यज्ञराज सुनुवार । उनले पार्टी केन्द्र, संसदीय दल र सदनमा समेत लोकमान विरुद्ध निरन्तर आवाज उठाइरहे । शुक्रबार साझ भेट्दा सुनुवार निकै उत्साही र दंग देखिए । नयाँ पेजसँग भने,‘गणतन्त्रमा पनि राजा भएर हिड्न खोज्ने लोकमान अब रहदैंन, यसले कानुनी राज्य, लोकतान्त्रिक मुल्यमान्यता र सबैंधानिक सर्वोच्चता विपक्षमा उभिने छुट कसैलाई छैन...

कसरी भयो राज्यको उत्पत्ति, कसले बनायो नेपाल ?

कसरी भयो राज्यको उत्पत्ति, कसले बनायो नेपाल ?
हाम्रो वरिपरि रहेका कुनै पनि विषयवस्तुलाई हेर्ने दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण हो । यस आधारमा हामीले समाज, राज्य, जनता र सबैलाई हेर्नुपर्ने, विश्लेषण गर्नुपर्ने र संश्लेषण गर्नुपर्ने हुन्छ । नेपाल राज्यको उत्पत्ति र विकासलाई हेर्दा पनि हामीले यही दृष्टिकोणको आधारमा नै विश्लेषण गरेर निष्कर्षमा पुग्नुपर्छ । राज्य र राज्यको उत्पत्ति सबैभन्दा पहिले हामी राज्यलाई हेर्ने दृष्टिकोणको बारेमा स्पष्ट हुनुपर्छ । मानव समाजको उत्पत्ति र विकासको क्रममा सधैँभरि राज्यको अस्तित्व विद्यमान थिएन...

ओली नेतृत्वको सरकार ढालिदा भारतीयहरुले हर्षबढाई किन गरे ?

ओली नेतृत्वको सरकार ढालिदा भारतीयहरुले हर्षबढाई किन गरे ?
नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलको भुमिकामा छ । अप्रत्यासित रुपमा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रवीच गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ९ महिनामा नै ढल्यो । तर, ९ महिना ओली र उनको पार्टी नेकपा (एमाले)को लागि मात्रै नभएर मुलुककै लागि सुखद रह्रयो । ओली सरकारबाट बाहिरिदै गर्दा ‘राष्ट्रवाद र राष्ट्रिय स्वाभिमान’को अनेक आयममा बहस भए । गरिए । आरोप प्रत्यारोप भयो । यही सन्दर्भ एमाले केन्द्रीय...

के–का लागि राष्ट्रिय सहमतिको सरकार ?

के–का लागि राष्ट्रिय सहमतिको सरकार ?
सरकार परिवर्तनका खेलले सबल बन्दै गरेको राष्ट्रिय स्वाभिमान र आत्मविश्वासलाई कमजोर पार्छ प्रदिप ज्ञवाली, सचिव नेकपा एमाले वैशाखको तेस्रो साता नेपाली राजनीतिमा नाटकीय परिदृश्य देखा परे । अघिल्लो दिनसम्म सशक्त प्रतिपक्षको भूमिकामा रहने दाबी गर्दै गरेका कांग्रेस सभापति देउवा रातारात ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने योजनाका प्रस्तावक बन्नु र तीन दिनअघिसम्म वामपन्थी सहकार्यको चर्चा गर्ने प्रचण्ड आफूलाई कांग्रेसले प्रधानमन्त्री स्वीकार गरिसकेकाले तपाईंहरूको अन्तिम जवाफ चाहियो भन्दै बालुवाटार पुग्नु आफैँमा विस्मयकारी घटना थिए । रहस्यमय ती...

राष्ट्रिय सहमतिको सरकार सम्भव छ ?

राष्ट्रिय सहमतिको सरकार सम्भव छ ?
‘तरबार र घिउ बेच्नेबीचको सहमति’ जस्तैको कुरो बलबहादुर केसी नेता, नेपाली कांग्रेस सत्तारुढ दलका नेताले आफ्नो स्वार्थपूर्तिका लागि सार्वजनिक रूपमै राष्ट्रिय सहमतिको सरकारबारे आफ्नो धारणा व्यक्त गरे पनि अहिले राष्ट्रिय सहमतिको सरकार निर्माण हुने सम्भावना एक प्रतिशत पनि छैन । लोकतन्त्रमा राष्ट्रिय सहमति हुँदैन । जसले व्यवस्थापिका संसद्मा बहुमत पुर्‍याउँछ, त्यसैले सरकार निर्माण गरेर राज्य सञ्चालन गर्छ । अर्को अर्थमा भन्दा लोकतन्त्रमा सरकार र प्रतिपक्ष हुनुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।...

बजेटः विकासमुखी हुनुपर्छ

बजेटः विकासमुखी हुनुपर्छ
सरकारले बैशाख २६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदमा ३१ बैशाखमा पास गरिसकेको छ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउने छ । सरकार अहिले बजेट निर्माणको अन्तिम तयारी गरिरहेको छ । सरकारको नीति तथा कार्यक्रममा १० वर्ष भित्र १० हजार मेगावट विद्युत उत्पादन गर्ने, तराई मधेश फास्ट ट्रयाक आफैँले बनाउने, शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने लगायतका कार्यक्रमहरु समावेश छन् । नीति तथा कार्यक्रम महत्वकांक्षी...

नीति तथा कार्यक्रम मुखमा चकलेट हालेजस्तो

नीति तथा कार्यक्रम मुखमा चकलेट हालेजस्तो
सरकारले आइतबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३–०७४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले एक घर एक रोजगार, भूकम्प पिडीतलाई बिना धितो ३ लाख ऋण दिने जस्ता ‘पपुलर’ र १० वर्षमा दश हजार मेघावाट विद्युत उत्पादन गर्ने जस्ता महत्वकांक्षी योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरेको छ । विकास खर्च गर्न शक्तिमा ह्रास आइरहेको अवस्था र भूकम्प...

‘नेपालको सार्वभौम सत्तामाथि बलात्कार गर्ने भारत–इयूकाे चेष्टा’

‘नेपालको सार्वभौम सत्तामाथि बलात्कार गर्ने भारत–इयूकाे चेष्टा’
बेल्जियमको राजधानी ब्रसेल्समा गत बुधबार सम्पन्न युरोपेली सघं (इयू)–भारत १३ औँ सम्मेलनपछि जारी गरिएको एकचालिस बुँदे संयुक्त वक्तव्यको १७ नं बुँदामा ‘इयू’ र भारतले भूकम्पपछिको पुनःनिर्माणमा नेपालको प्रयासमा क्षमता अभिवृद्धिसहित दीर्घकालीन विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै दिगो राजनीतिक स्थायित्वको प्रवद्र्धन र आर्थिक वृद्धिका लागि समावेशी संवैधानिक व्यवस्था गर्न तथा संविधानका बाँकी विषय समयबद्ध रुपमा सम्बोधन गर्नुपर्ने’ उल्लेख गरिएपछि नेपालमा तरङ्ग मच्चिएको छ । सरकारले भारत–इयूको यो वक्तव्यलाई विरोध गरेको छ...