‘एकलव्यको अन्तिम टेप’

‘एकलव्यको अन्तिम टेप’
काठमाडौँ: कलाकार सुदाम सिकेको एकल अभिनय रहेको ‘एकलव्यको अन्तिम टेप’ मा एक्लो व्यक्तिको भाव, मनोदशालाई प्रस्ट देख्न सकिन्छ । सुन्धाराको काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा मञ्चन भइरहेको उक्त नाटक नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार स्यामुयल बेकेटको नाटक ‘क्राप्स लास्ट टेप’ को नेपाली भाषामा अनुदित हो । नेपाली भाषामा अनुवाद गरिएको उक्त नाटकको निर्देशन शङ्कर रिजालले गरेको छ । नाटकमा एक्लो ७० वर्षीय व्यक्तिले आफ्नो जन्मदिन एक्लै मनाउँदा गरेका क्रियाकलाप र विगतलाई सम्झँदै...

धरानको नाट्यकर्मलाई संगठित बनाउन विमर्श

धरानको नाट्यकर्मलाई संगठित बनाउन विमर्श
धरानः पुरानो नाट्य शहर धरानमा आरम्भ नाट्य डबलीले ‘नाट्यकर्म’ को व्यवस्थापन र प्रवद्र्धन गर्न संगठित अवधारणा अघि सारेको छ । शनिबार धरानमा आरम्भले आयोजना गरेको अन्तक्रियामा सम्भावित अवधारणा माथि विमर्श गरियो । ‘रङ्ग गोष्ठी’, ‘नाटक मेला’, ‘आधुनिक थिएटर’ लगायतका परिकल्पनामा पुराना नाट्य हस्तीहरु घोत्लिए । भाषाविद् प्राडा टंकप्रसाद न्यौपानेले प्रश्न गरे ‘रङगकर्मीहरुको पुरानो शहर भनेर चिनिएको धरानलाई किन जीवन्त नबनाउने ?’ धरानको रङगकर्मलाई जीवन्त र उर्जा दिन पुनर्संगठित आरम्भ नाट्य डबलीले...

मण्डला थिएटरमा नाटक ‘युमा'(फाेटाेफिचर)

मण्डला थिएटरमा नाटक ‘युमा'(फाेटाेफिचर)
काठमाडाैँ :  मण्डला नाटकघर अनामनगरमा जेठ ७ देखि ३१ गतेसम्म मञ्चन भइरहेको छ । लिम्बू संस्कृतिको मिथकमा आधारित नाटकको परिकल्पना तथा निर्देशन सिर्जना सुब्बाले गरेकी हुन् । नाटकबारे लेखक युग पाठक भन्छन्, ‘लिम्बू संस्कृतिको सबैभन्दा ठूला देवता युमा नारी स्वरूपमा छिन् । मिथकअनुसार उनको विवाह हुन्छ । तर, युमा विवाहबारे अफसोस गर्छिन् । उनी जीवनका सम्पूर्ण कला सिकाउने जिम्मेवारीमा हुन्छिन् । यही विषयलाई आधुनिक कथामा जोड्न नाटकमा खोजिएको छ ।  नाटक नेपालको आदिवासी...

दस मिनेट नाटक’ सम्पन्नः ३९ नाटक मञ्चन

दस मिनेट नाटक’ सम्पन्नः ३९ नाटक मञ्चन
काठमाडौँ: पाँच दिनदेखि चलिरहेको राष्ट्रव्यापी ‘१० मिनेट नाटक’ आज सम्पन्न भएको छ । सर्वनाम थियटरको आयोजनामा भएको उक्त कार्यक्रममा देशभरका नव रङ्गकर्मीले सहभागिता जनाएका थिए । आज अन्तिम दिन वीरेन्द्र हमालको ‘अशान्ति’, शेखु कोइरालाको ‘पुनरावर्तन’, प्रतिज्ञा पन्तको ‘अधुरो सपना’, दीपक धामीको ‘प्ले अफ लाइफ’, सुन्दर लामाको ‘श्रृङ्गार’, राजेश घिमिरेको ‘ओझेल’ र दीपेश पौडेलको ‘ब्याटल अफ दि फिनेकस’ को प्रदर्शनी गरिएको थियो । यसअघि भगवतीकुमारी मैनाली उप्रेतिको नाटक ‘फलानो’, सुविना पौडेलको ‘मोक्ष’, रोशन...

बेलायतको विमानस्थलमा झुक्याएँ

बेलायतको विमानस्थलमा झुक्याएँ
जितु नेपाल ‘मुन्द्रे’, हास्य कलाकार म सन् २००९ तिर बेलायतमा सुटिङ गर्न गएको थिएँ । तर, विमानस्थलमा सुटिङ गर्न नपाइने रहेछ । नियमले नपाएर के भयो र ? मैले चोर आइडिया लगाएँ । दिलीप रायमाझीले मलाई सघाउनुभयो । हिथ्रो विमानस्थलमा नियम मिचेर हामीले क्यामेरा लुकाएर सुटिङ गर्‍यौँ । एक–डेढ वर्षअघि म बेलायतबाट नै फर्किंदै थिएँ । कार्यक्रम आयोजक तथा अन्य साथीभाइले पठाएका सामान थुप्रै थिए । तर, मैले विमानस्थलमा विमानकी कर्मचारीसँग अनुरोध...

ऐतिहासिक नाटक ‘मनोवेदना’ मञ्चनकाे तयारीमा

ऐतिहासिक नाटक ‘मनोवेदना’ मञ्चनकाे तयारीमा
काठमाडाैँः वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्वारा लिखित ऐतिहासिक तथा नारी प्रधान नाटक ‘मनोवेदना’ मञ्चनका लागि अन्तिम तयारी अवस्थामा पुगेको छ । ख्वापा नाट्यशालामा करिब एक महिनादेखि रिहर्सल भइरहेको नाटक चाँडै प्रदर्शनमा आउने निर्देशक भोला अधिकारले जानकारी दिए । ऐतिहासिक नाटक भएका कारण पनि प्रस्तुत गर्नु निकै गाह्रो भएको बताउँदै उनले गाह्रो कुरालाई सहज रुपमा अभ्यास गराउँदै आएको बताएका छन् । यस नाटकलाई २०५६ सालमा ‘बगर’ नामक पत्रिकाले उत्कृष्ट नाटकका रुपमा प्रकाशित गरेको थियो ।...

अब ट्रक गुडाउँदै घुम्ती नाटक

अब ट्रक गुडाउँदै घुम्ती नाटक
काठमाडौं : शुक्रबार साँझ अनामनगरमा एउटा ट्रक जुनकीरीझैं चम्किँदै, गुड्दै आयो । चारैतिरका ‘बडी’ पालैपालो खुले । ट्रक नै थिएटरमा बदलियो । र, सुरु भयो इटालियन नाटककार लियो लियोनीको ‘फ्रेडरिक’ को अनुदित नाटक ‘मनचिन्ते फिरन्ते ।’ मण्डला थिएटरको पार्किङ लटनेर अकस्मात् ट्रकमै रंगमञ्च तयार हुँदा छक्क परेका वरपरका मानिस एकाएक अघिल्तिर ओइरिए । आसपासका घरका बार्दली र झ्यालमा छिमेकीहरु दर्शक भएर कुँडुलो परे । पश्चिमा देशमा अभ्यास भइसकेको ट्रक थिएटर नेपालमा...

न्युड आर्टसँगै कवि–कलाकार

न्युड आर्टसँगै कवि–कलाकार
बाबु बोगटी । झट्ट नाम सुन्दा नेपाली पप गीत सुन्नेहरूलाई लाग्छ– उनको नयाँ गीत बजारमा आएको हुन सक्छ । तर होइन । बाबुले जसरी गीतका भिडियो र वास्तविक जीवनमा गितार समाए, त्यही कुरा ‘आर्ट’मा पनि उतारिएका छन् भन्दा खुसी र दुस्ख एकैपटक लाग्छ । सुखका कारण त अथ्र्याउनुनपर्ला, तर दुस्ख हुनुपर्ने एउटै कारण हो, के अब उनी गीत गाउँदैनन् रु तर, वास्तविकता त्यस्तो होइन । गायक बाबु बोगटीले गितारमा औँला नचाएर...

परस्त्रीसँग नाम जोडिएर समाचार आउँदा… श्रीमतीका कुरा

परस्त्रीसँग नाम जोडिएर समाचार आउँदा… श्रीमतीका कुरा
                                                                         कलाकारसँग श्रीमतीका कुरा कलाकार नै उस्ता या त हल्लै बेसी, कलाकारितामा लाग्ने अधिकांशको नाम विपरीत लिंगीसँगको सम्बन्धका कारण ‘गसिप’ बन्ने गर्छ । चर्चा कुनै सत्य होलान्, त कुनै हल्ला मात्रै । कतिपय कलाकार यस्ता ‘गसिप’का कारण पीडित हुनुपरेको गुनासो पनि पोख्छन् । मुख्यतस् विवाह गरिसकेका कलाकारको जीवनमा परपुरुष या परस्त्रीसँग सम्बन्ध जोडिएर आएका ‘गसिप’ले समस्या निम्त्याउनु अस्वाभाविक होइन । दीपकराज गिरी पनि नेपाली कलाकारिताका यस्ता पात्र हुन्, जसको नाम परस्त्रीसँगको...

शिल्पीमा विद्यार्थीको ‘जिउँदो सालिक’

शिल्पीमा विद्यार्थीको ‘जिउँदो सालिक’
काठमाडौँ:  बाँचुन्जेल व्यक्तिकोे माया र सम्मान ख्याल नगरिए पनि मरेपछि खोक्रो आदर्शका रुपमा फूलमालाले सजाउने समाजको कुविचारप्रति शिल्पी थिएटरमा विद्यार्थीले निर्देशन गरेको नाटक ‘जिउँदो सालिक’ नाटकले खरो विरोध गरेको छ । मूर्तिका रुपमा रहेको सालिकले सुत्रधार बन्दै नाटकका दृश्य जोडिरहेको हुन्छ । मौन (बोल्न नसक्नें) बालबालिकाको भावना परिवार, आफन्त र समाजले राम्रोसँग बुझ्न नसक्दा आत्महत्या गर्नु परेको यथार्थ नाटकले देखाउन खोजेको छ । अलिसा सिंह ठकुरीको निर्देशन रहेको नाटकमा बोल्न नसक्ने...