चङ्गा

चङ्गा
कविता   एक त्यान्द्रो धागोको भरमा छैन उड्नु छैन मलाई आकाश छुनुपनि । हावाको वेगसँगै उडेपनि तल झारी त हाल्छौ । उडाउँने र झार्ने गर्छौ अरुसँग व्यर्थमा युद्ध गराउँछौ त्यसैमा तिमी रमाउँछौ । जीवन धिक्कार फिरफिर पुच्छर हल्लाई आकाशमा उड्नु र उडाउनु एक त्यान्द्रोको भरमा । खै मेरो स्वतन्त्रता ? मेरो नियति बनेछ हावाको झोकाहरुको सामना गर्दै कहिले रुखको चेप कहिले हिलाम्मे खेत जहाँ पुगेपनि म स्वतन्त्र नहुने कहिल्यै ! घाम र पानी मेरो शरीर हेरिरहेछु आधुनिक सभ्यतालाई खोजीरहेछु स्वतन्त्रताको परिभाषा । अर्को चंगा आउँछ म जस्तै अनेकौँ हुन्छन् उडिरहन्छौँ आकाशमा पन्छी झैं पखेटा फिजाई हावाकै गतिसँगै स्वतन्त्र विहीन...

देशको अखबार, प्रदेशको चित्कार !

देशको अखबार, प्रदेशको चित्कार !
देशको अखबार पढुँ कि प्रदेशको चित्कार गाऊँ म ? देशको अखबारले घुमाउँछ मलाई गोल चक्रमा उल्टो,सुल्टो मेरो ईन्द्रियहरु घरि - घरि गति चाल्न छोड्छन् र प्रश्न गर्न मन लाग्छ नेपाली "निरो" हरुलाई तेरो बाँसुरीको आयु कति लामो छ ? प्रदेशमा या नि की , टापूहरुमा पसिना रोप्दा रोप्दै आर्टिफिसियल धरातलमा जीबन रोप्ने आफन्तहरुको चित्कार गाउन मन लाग्छ प्रत्येक टापूहरुमा तिम्रो पसिनाहरु टल्केको छ तिम्रो रगतहरु सिंचिएको छ तिम्रो हत्केलाको डामहरु छन् मेट्रो गुड्ने पातलहरुमा तिम्रै औँलाका चक्रहरु छन् तिमी भन्थेऊ म बल्छु एक दिन संसार उज्यालो बनाउँछु अँ ह: गलेऊ , ढलेऊ , निभेऊ दब्यो स्वीच...

सेक्युरिटी गार्ड

सेक्युरिटी गार्ड
कविता लौ ! एकोहोरो हेर्दाहेर्दै मनमनै टोलाउँदै घरीघरी झिपिक्क हुँदा-हुँदै माईलाको आँखा थाकेछन् १२ घन्टासम्म उभिँदा खुट्टाहरु पाट्टिएर दौडन खोज्दछन् रे ! तर, खुट्टामा फलामको जागिरे साङ्लोले दौडिने अनुमतिमा भोटे ताल्चा लगाईदिएको छ, एक हातमा वाकी टाकी अर्को हातमा लठ्ठी बोक्ने ती दुइ हातहरुले मन भरिका बिद्रोह आकाङ्क्षा, रहर अनि चाहानाको ब्रगेल्ती अक्षर कोर्न खोज्छन् रे तर, जाँगिर नामको साङ्लोले औंलाहरुलाई अक्षर नकोर्नु भन्ने आदेश दिएको छ त्यसैले त उनी भन्ने गर्छन्, तनले जागिर गर्दैगर्दा मन भने, हावासङ्गै बहदै बिहानी किँरणमा शितको छल्काई सँगै अन्नपूर्णको फेरी  झर्दै कैले तमोर त कैले कालीगण्डकी तिरै-तिर बहदै, कल्पना र भाँवनाको सागरमा तैरिदै भोतेकोशीमा बन्जीजम्प हान्न समेत पुग्छ रे...

खुलेको पर्दा

खुलेको पर्दा
कविता एक्लै उभ्यायौ जीवनको मझधारमा मलाई जब तिम्रो सहयात्री भई हिँडिरहेकी थिएँ । तिम्रो वंशका लागि मात्र हो त मेरो गर्भ ? विच्छिन्न भएको मेरो हृदयले उत्तर खोज्दैछ तिमीसँग ।   रहिरहेकाछन् यसरी नै युगौँदेखि नारीहरु । जसरी बुद्धको यशोधरा इतिहास भए जस्तै ।   विहानी यौवन लिएर गहभरीका आँशु पुछ्दै गर्भाशयको न्याय माग्दै चाहन्न म, त्यो यशोधरा बन्न न कि माधवी ।   तिमीले भोगका लागिमात्र मेरो यौवनसँग प्रेम गरेका रहेछौ । तृष्णा अझै छ म भित्र तिमीलाई पाइन तिमी भित्र हराइरहेका थियौ तिमी कतै । तिम्रो प्रेम रंगिन पानी जस्तो । म मधुमास साँझ ।       वास्तविक मुहार...

साझा श्रृंखलाको संयोजकमा बज्रकुमार थुलुङ

साझा श्रृंखलाको संयोजकमा बज्रकुमार थुलुङ
हङकङ :  नेपाली वाङ्मयको विकासमा क्रियाशिल संस्था हङकङ साहित्यिक साँझा श्रृंखलाको चौथों संयोजकमा साहित्यकार बज्रकुुमार थुुलुुङ राई चयन भएका छन् । आइतबार सम्पन्न श्रृखलाको बार्षिक कार्यक्रमबाट राई संयोजकमा चयन भएका हुन् । यसैगरी साहित्यकारद्वय धन याक्सो र मेख आले क्रमश : सचिव र कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन् । संस्थाका संस्थापक राजकुमार राई,देश सुब्बा,टंक सम्बाहाम्फे र दाजु गुरुङ संरक्षकमा चयन भए ।  पूर्वसंयोजक...

पतीत

पतीत
          कविता धर्मको प्रतिबद्धतामा मानवताको बेदनानबुझ्ने तिमीहरुकसाई हो? सभ्यता र संस्कृतिशून्यभएको असभ्य,कुकर्र्मी र दैत्य मानव। तिमीहरु प्रफुल्लित हुन्छौ धर्मको नाउमा मन्त्रफुकि जनावरको बध गरे सरि ज्यूँदो आत्माको बली चढाउन शिर अलग्याई रगतको खोलो बगाई तिम्रो देवतालाई खुशीबनाउँदा । मान्छे भएर मानवबली चढाउने तीनिर्दोषहरुको धमनीबाट रगतको मुलफुटाई आत्मा विहीन भौतिक शरीर दृष्टि विहीननजर कण्ठस्थबाट निक्लिएको एकोहोरो चित्कार क्वाँ ! क्वाँ ! क्वाँ ! त्यो दर्दनाक दृश्यले प्रत्येकजीवितआत्माको भयले सिरिङ्ङ ! सिरिङ्ङ ! हुन्छ तिमीहरुकोबर्बरता देख्दा । आफू भने सशस्त्र मुकुण्डोलगाई निशस्त्रनिरीह र निर्र्दोषहरुलाई गेरु रंगको वस्त्रमाबन्धिबनाई मरुभूमिको मसान घाटमा एकलधार्मिक साम्राज्य खड़ा गर्ने चेतावनीदिँदै विजयको शङ्ख फुक्दै भावशून्यखोपड़ीलाई झुण्याउँछौँ । के तिमीहरु मानव हैन ? के तिमीहरुको आत्मा...

प्रविधिको लीला बिरुद्ध

प्रविधिको लीला बिरुद्ध
                विश्वलाई किन निल्दैछ एउटा यन्त्रले ? मेरा खोपडीका एक मुट्ठी कौतुहलताहरु यत्र-तत्र भौतारी रहेछरखोजिरहेछ। किन रु एउटा क्वेश्चन लिएर । हो ! सिस्टमले संसारलाई आँखा अगाडी राखि दिएको छ म हेर्न सक्छु रनियाँल्न सक्छु एउटै स्क्रिनको सहायताले तर, किन भाग्दैछ र ? म बाट प्रेम,आत्मियता र पारिवारीक सद्भाव !  यहाँ यान्त्रिक समयले मानिसलाई रोबर्ट बनाई सकेको छ । म एउटा रोबर्ट हुँ तर म यो होईन कि, बिना आत्मा रहृदयको रोबर्ट ! त्येसैले, म हरपलरहरक्षण यो ब्यस्त शहरको भीडहरुमा ब्यस्तता सँगै मनको ढाकर बोकेर...