बेन्जिङस्टोनमा गोसो र सत्यग्रहका उल्लेखनिय एकता सभा

बेन्जिङस्टोनमा गोसो र सत्यग्रहका उल्लेखनिय एकता सभा
बेन्जिङस्टोन : गोर्खा भूतपुर्व सैनिकसंघ ‘गेसो’ र सत्यग्रह संयुक्त संघर्ष समितिको बेन्जिङस्टोनमा एकता सभा सम्पन्न भएको छ । आईतवार बेन्जिङस्टोन गेसेका सभापति मानवहादु पुनको सभापतित्वमा उल्लेखनिय सहभागितामा एकता सभा सम्पनन भएको छ । उक्त बैठक गेसोका सभापति कृष्ण कुमार राई र सत्यग्रहका संयुक्त संघर्ष समितिको उपस्थितीमा समपन्न भएको हो । गेसोका सभापति कृण कुमार राईले सम्पुर्ण भूपुहरुको एकता आवश्यकता रहेको बताउँदै आउको थिए । सत्यग्रहसंगको एकता पनि उत्सा जनक भएको बताएका...

हङकङमा पूर्खा दिवस मनाइयो

हङकङमा पूर्खा दिवस मनाइयो
हङकङ :हङकङमा रहेका गोखाली समुदायले आफ्नो पुर्खाहरुलाई सम्झिएका छन् । विभिन्न युद्धहरुमा ज्यान गुमाएका पूर्खाहरुको सम्झना र सम्मानमा हङकङमा पूर्खा दिवस मनाइएको हो ।  गोरखा सिमेन्ट्री टष्ट्रको आयोजनामा हरेक ५ अप्रिलका दिन सातिन क्यासिनो लाइनस्थित समाधिस्थलमा पुगेर गोर्खालीहरुले पूर्खाहरुलाई सम्झिने गरेका छन् । ...

हङकङमा गुञ्जियो नेपथ्य

हङकङमा गुञ्जियो नेपथ्य
फरक पुस्ताकाबीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ । यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन् । यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपाल बाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन् । यस्तो बेला आइतबार यहाँस्थित युन लुंग थिएटरमा दुवैथरि सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे । कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बाट भएको थियो । झण्डै साढे चार दसकअघि...

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनमा हेमप्रताप गुरुङ

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनमा हेमप्रताप गुरुङ
हङकङ : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनको हङकङको अध्यक्षमा हेमप्रताप गुरुङ सर्वसम्मत चयन भएका छन्। हङकङमा सन् १९९५ मा स्थापित यो जेठो संगठनले गोर्खा सैनिकहरुको हकअधिकार र हङकङमा रहेका गोर्खालीहरुको पक्षमा निरन्तर काम गर्दै आएको छ । आइतबार जोर्डनमा भएको नवौँ अधिवेशनले नयाँ पेज प्रा.लिका अध्यक्ष समेत रहेका गुरुङलाई अध्यक्ष चयन गरेको हो।  सदस्सीय नयाँ कार्य समितिमा खड्गबहादुर राई, इश्वरप्रसाद गुरुङ, उत्रसेर राई, कमान सिंह राना, पासाङ शेर्पा क्रमशः उपाध्यक्ष, सचिव,...

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख सङ्कलन

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख सङ्कलन
बेनी (म्याग्दी) : म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब   ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र...

हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा दुई गम्भीर घाइते (भिडियोसहित)

हङकङमा नेपालीबीच झडप, प्रहरीले गोली चलाउँदा दुई गम्भीर घाइते (भिडियोसहित)
काठमाडौं :  हङकङको जोर्डनमा बस्ने नेपालीहरुबीच आइतबार बिहान झडप भएको छ । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको छ । जोर्डनमा करीव ६ बजे नेपाली युवाहरु छुरा हानाहान गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। दुई समूह लडिरहेको खबर ट्याक्सी चालकबाट पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा पनि छुरा हानाहान जारी रहेपछि प्रहरीले गोली चलाउंदा दुई जना गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि क्वीन एलिजावेथ हस्पिटलमा लगिएको छ। एक जनाको...

‘भाग्यले बाँचेकाहरु’ हङकङमा प्रदर्शन हुँदै

‘भाग्यले बाँचेकाहरु’ हङकङमा प्रदर्शन हुँदै
काठमाडौ : नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन हलमा हुन लागेको प्रदर्शनमा हङकङ र मकाउका नेपाली समुदायको उपस्थिति हुने समितिका अध्यक्ष सरोज गुरुङ (खम)ले बताए । प्रदर्शनीबाट संकलित रकम लमजुङको सदरमुकाम बेसीशहरमा सहजी...

हङकङमा नयाँ बर्षकाे राैनाक (फोटो फिचर)

हङकङमा नयाँ बर्षकाे राैनाक (फोटो फिचर)
हङकङ : नेपाली नयाँ बर्ष–२०७३ हङकङका नेपालीहरुले भव्यताको साथ मनाएका छन् । ‘ओभरसिज नेपाली वर्कस एसोसियशन’को आयोजनामा नयाँ बर्ष मनाइएको हो । चिमा सा चुई स्थित तन्दुरी नाइट रेन्टुरेष्टमा एसोसियशनले शुभकामना आदनप्रदान तथा संस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । दिउँसो १२ बजेदेखी सुरु भएको कार्यक्रममा नेपाली समुदायका अगुवा व्याक्तित्वहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा संस्थाका कोषध्यक्ष रमिला विश्वकर्माले नेपाली लोकनृत्य प्रर्दशन गरेका थिए । यसैगरी अनिता खड्काले नेपाली लोकगीत गाएर मनोरञ्नन दिइन्...

नेपाली शरणार्थीलाई थुनामा राख्न भनेपछि हङकङका दूत विवादमा

नेपाली शरणार्थीलाई थुनामा राख्न भनेपछि हङकङका दूत विवादमा
हङकङ :  शरणार्थीको रुपमा हङकङमा आश्रय लिएर बसेका नेपालीलाई थुना शीविरमा राख्न भनेपछि हङकङका लागि नेपाली कार्यबाहक महावाणिज्यदूत बलीराम प्रसाद धामी विवादमा परेका छन्। हङकङमा विवादास्पद अभिव्यक्ति दिएका धामीसँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधेको बुझिएको छ। तीन महिनाअघि मात्र हङकङ आएका वाणिज्यदूत बलीराम प्रसाद धामीले बिहीबार हङकङमा भएको एक कार्यक्रममा थुनामा राख्नु नै हङकङमा नेपाली शरणार्थी रोक्ने राम्रो उपाय हुने सुझाव दिएका थिए। हङकङमा शरणका लागि आवेदन दिएर बसेका दुई सय ४६...

चिनियाँ राष्ट्रपति नेपाल अाउने

चिनियाँ राष्ट्रपति नेपाल अाउने
हङकङ: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत हुँदै नेपाल आउने संकेत बेइजिङले दिएको छ । ६ महिनापछि दिल्लीमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने क्रममा नेपाल भ्रमण गर्न राष्ट्रपति उत्सुक रहेको चीन सरकारनिकट स्रोतले बताएका छन्। उदीयमान पाँच अर्थतन्त्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) को समूह ब्रिक्सको अध्यक्षता गत फेब्रुअरीदेखि भारतले गरिरहेको छ । डिसेम्बरसम्म अध्यक्षता गर्ने क्रममा भारतले दिल्लीमा ब्रिक्स सम्मेलन आयोजना गर्ने तयारीमा...