परदेशीको छातीमा देश पीडाको परकम्पन

परदेशीको छातीमा देश पीडाको परकम्पन
२०७२ बैसाख १२ । उही थियो हङकङको दैनिकी । सधैँ व्यस्त, सबै व्यस्त । म पनि सधैँ जस्तै बिहान ९ बजे आफ्नो कामतिर लागेँ । विदेशमा भएपनि देशका सूचनाहरुको ‘अपडेट’ थाहा भइरहन्छ । हातमा भएको मोबाइलबाट सकेसम्म देशलाई चिहाइरहन मन हुन्छ । तर, काम सुरु भएपछि हतपत मोबाइल हेर्न मिल्दैन । त्यो दिन पनि काम सुरु भयो । त्यसबीचका सूचनाहरुबाट बेखबर भयौँ । लगातारको तीनचार घन्टाको ‘डियुटी’पछि भोकले रन्थनिदै खाने कुराको...

‘जब बमले मेरो ढाडमा भ्वाङ पार्‍यो’

‘जब बमले मेरो ढाडमा भ्वाङ पार्‍यो’
सन् १८१६ देखि आजसम्म बेलायतले लडेका प्रत्येक युद्धमा नेपाली युवाहरु अर्थात् गोर्खा सैनिकको सहभागिता छ । प्रत्येक युद्धमा गोर्खाले अग्रमोर्चामा रहेर बेलायतका लागि लड्दै आएका छन् । बेलायतले हरेक युद्ध अघि नै गोरखाहरुको ‘बहादुरी’को बारेमा प्रचार गरेर दुश्मनलाई त्रर्साउँदै आएका छन् । त्यो मध्ये एक थियो, फकल्यान्ड युद्ध । सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुहरू र दक्षिणी जर्जियामाथि भएको विवादले  फकल्यान्ड युद्ध भएको थियो । फकल्यान्ड टापुहरू दुई ठूला (पूर्वी...

के छोरी भएर जन्मनु नेहा पुनको भुल हो ?

के छोरी भएर जन्मनु नेहा पुनको भुल हो ?
आमा, श्रीमती, दिदीबहिनी, चेलीबेटी तथा साथी चाहिने तर छोरीको जन्म भयो भन्दा एक शब्दको शुभकामना दिन हिच्किचाउने हाम्रो नेपाली समाजमा छोरीहरु जिउँदै जल्छन्। कतै जिउँदै जलाइन्छन् ,कतै अनुहारभरि एसिड खन्याइन्छन् । एक्काइसौं सताब्दीको महिलामाथिको यो हिंसा शब्दमा उतार्नुपर्दा निकै पीडा हुने रहेनछ । पृथ्वीमा भएका हरेक महामानव र महापुरुषहरु चाहे जति नै शक्ति सम्पन्न भएका किन नहुन्, ती सबैलाई एक आमा यानेकी कुनै न कुनै ‘आइमाई’ ले जन्म दिएकी हुन् ।...

‘दु:ख र भोगाईको भावसागर हो जीन्दगी’

‘दु:ख र भोगाईको भावसागर हो जीन्दगी’
खोटाङको सप्तेश्वर -९ बिन्दामा जन्मिएका बज्र थुलुङ हाल हङकङमा रहेर समाज सेवा र साहित्यमा जमेर लागेका छन् । खोटाङमा जन्मेका उनी सानैबाट भोजपुर–४,पोखरेलाइन बसेर हुर्के । त्यसपछि सुनसरीको इटहरी हुँदै काठमाडौंबाट उनी हाल  हङकङमा बसोबास गर्दै आएका छन् । उनी हङकङमा साहित्य र समाजसेवामा क्रियाशिल छन् । उनले  किरात राईहरको चुलाघर खरीद तथा व्यवाथापन विभागको सहसचिवको जिम्मेवारी निभाइरहेका छन् । उनको पुस्तक कृति ‘हत्केलामा आगो’ प्रकाशित छ । यही कृतिलाई हाम्रो मझेरी...

‘राजनीति सम्झिदा दिक्क लाग्छ’

‘राजनीति सम्झिदा दिक्क लाग्छ’
टंक सम्बाहाम्फे, नेपाली साहित्यमा परिचित नाम हो । हङकङलाई कर्मक्षेत्र बनाएर नेपाली साहित्यको क्षेत्रमा क्रियाशिल छन् । उनको नेपाल घर, धनकुटा हो । उनका एक पुस्तक र दुई गीति एल्बम प्रकाशित छन् ।   कसरी चल्दैछ, दैनिकी ? जीवन राम्ररी नै चलिरहेको छ । बाह्र घण्टे कामपछी संघसंस्थाको निमन्त्रणामा पुग्ने देखि लिएर घरयासी काम अनि साहित्य पढ्न लेख्नसम्म भ्याएको छु । हङकङमा बसेर कति कमाउनुभयो, कमाउँन बाँकी कति छ ? हङकङमा केही कमाईयो घर ब्यावहार...