विदेशमा नेपाल आफैंले सेना पठाउने कि?

विदेशमा नेपाल आफैंले सेना पठाउने कि?
काठमाडौं: बेलायतले नेपालीलाई आफ्नो सेनामा लिएर सिंगापुर र ब्रुनाईमा पठाउँदै आएको छ । त्यसबापत उसले ठूलो परिमाणमा रकम असुल्ने गरेको छ । विदेशी मुलुकको सुरक्षा सेवामा नेपाली युवालाई लैजानै दिने भए नेपाल आफैंले पहल किन नगर्ने रु यसबारे पनि एकथरीले चर्चा थालेका छन् । गोर्खाली सेनालाई ब्रुनाईको रक्षार्थ खटाएर बेलायतले करोडौं डलर कमाउँछ । अहिले भारतको प्रस्ताव उस्तै छ । नेपालले सन् २००६ मा राज्यस्तरबाट तीनवर्षे सम्झौता गरेर १ सय २० सैनिक...

गोरखा सैनिकको सम्झनामा मलेसियामा पुर्खा दिवस

गोरखा सैनिकको सम्झनामा मलेसियामा  पुर्खा दिवस
मलेसिया : मलेसियालाई स्वतन्त्र बनाउन प्राणको आहुती दिने गोर्खाली सेनाको सम्झनामा मलेसियाको इपोमा शनिबार पुर्खा दिवस मनाइएको छ । गोर्खाली सेनाको स्मरणमा पुर्खा दिवस मनाइएको हो । कार्यक्रममा मलेसियाका कम्युनिष्ट विद्रोहीलाई दमन गर्न साहसिक भूमिका खेलेको भन्दै गोर्खाली सेनाको वीरगाथाको प्रशंसा गरिएको थियो । पेराक राज्यको इपोमा रहेको तान्बुन रोडमा रहेकोे गोरखा स्मारकमा विशेषसभा गरी गोर्खाली सेनाको प्रशंसा गरिएको हो । यहाँको वीरा एसोसिएसनले गरेको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह...

बेलायत र ब्रुनाइबाट गोरखा सैनिक आउदै

बेलायत र ब्रुनाइबाट गोरखा सैनिक आउदै
लण्डन : बेलायत र ब्रुनाइबाट गोरखा सैनिकहरु भुकम्प पीडितहरुको उद्दारका लागि नेपाल आउने भएका छन् । ब्रिगेड अफ गोरखाजका अनुसार बेलायत र ब्रुनाइबाट १०० भन्दा बढी गोरखाहरु उद्धारका लागि नेपाल आउने भएका छन् ।  मेडिस्टोनस्थित क्वीन्स गोरखा इन्जिनियर्स (क्युजीइ) र ब्रुनाइस्थित फस्ट सेकेण्ड गोरखा राइफल्स र बेलायतकै सनक्लिफस्थित सेकेण्ड सेकेण्ड गोरखा राइफल्सबाट पहिलो चरणमा गोरखाहरु नेपाल आउने छन् । स्रोतका अनुसार सेकेण्ड सेकेण्ड गोरखा राइफल्सबाट ६५ जना गोरखा सैनिकहरु मंगलबार नेपाल...

सिङ्गापुरमा गोरखालीका अभिभावक लीको भब्य शवयात्रा

सिङ्गापुरमा गोरखालीका अभिभावक लीको भब्य शवयात्रा
सिङ्गापुर : आधुनिक सिङ्गापुरका निर्माता एवम् सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली क्वान युको अन्त्येष्टि आइतबार हुँदैछ । गोरखालीका अभिभावकका रुपमा चिनिएका लीको शवयात्रा आइतबार बिहानबाट सुरु भएको समाचारमा जनाइएको छ । सिङ्गापुरका दशौँ हजार नागरिक सो शवयात्रामा सहभागी भएका छन् । उनीहरुले आफ्ना प्यारा नेताप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै उनको शवयात्रमा सहभागी भएका हुन् । आइतबार बिहानैदेखि सिङ्गापुरमा भारी वर्षा भइरहेको छ । वर्षाका बाबजुत पनि दशौँ हजार नागरिक शवयात्रामा सहभागी भइरहेका बताइएको...

सिङ्गापुरमा गोरखालीका असल अभिभावकको अन्तिम विदाई

सिङ्गापुरमा गोरखालीका असल अभिभावकको अन्तिम विदाई
काठमाडौँ : सरकारले मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यलाई सिङ्गापुर पठाएर त्यहाँका संस्थापक प्रधानमन्त्री ली क्वान युप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनता र नेपाल सरकारका तर्फबाट सिङ्गापुर पुगेर त्यहाँको सरकार र स्वर्गीय लीका परिवारजनप्रति आज समवेदना तथा श्रद्धाञ्जलि व्यक्त गरे । शोक पुस्तिकामा हस्ताक्षर गर्दै उपप्रम सिंहले ‘सिङ्गापुरका संस्थापक नेताको निधनले उक्त मुलुकलाई अपुरणीय क्षति भएको तथा नेपालले एक विश्वासिला मित्र...

गोर्खालीहरुले गुमाए असल अभिभावक

गोर्खालीहरुले गुमाए असल अभिभावक
काठमाडौं :  गरिब सिंगापुरलाई विश्वको आर्थिक केन्द्र बनाउने संस्थापक लि क्वान युको ९१ वर्षको उमेरमा सोमबार निधन भएको छ । उनी गोर्खालीहरुको असल अभिवावक हुन् । गोर्खालीहरुले सिंगापुर निर्माण अभियानमा उनलाई महत्वपूर्ण साथ दिएका थिए भने उनले पनि गोर्खालीहरुलाई असल अभिभाकत्व दिएका थिए । लि क्वान युले कुनै प्राकृतिक स्रोत नभएको सानो बन्दरगाह सहर सिंगापुरलाई विश्वको प्रमुख आर्थिक केन्द्र बनाएका थिए । उनीले अविच्छिनन् रुपमा ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्रीको रुपमा काम...