गोर्खाहरुको माग सम्बोधन गर्न बेलायत सकरात्मक

गोर्खाहरुको माग सम्बोधन गर्न बेलायत सकरात्मक
लन्डन :  बेलायत सरकार भूपू गोर्खाहरुको माग सम्बोधन गर्न सकारात्मक देखिएको छ । बेलायती रक्षा मन्त्रालय (एमओडी) का प्रतिनिधि गोर्खाहरुको माग सम्बोधनका लागि चलक देखिएको हो । बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठकमा गोर्खाहरुको मागको बिषयमा छलफल भएको थियो । मंगलबार लन्डनस्थित नेपाली दूतावासमा झण्डै दुई घण्टा चलेको प्राविधिक समितिको बैठकमा भूपू गोर्खाहरुले राख्दै आएका माग सम्बोधन गर्न बेलायत सरकार सकरात्मक देखिएको बैठकमा सहभागी...

मन बहादुर पुन गेसो बासिङटोकेको अध्यक्षमा

मन बहादुर पुन गेसो बासिङटोकेको अध्यक्षमा
बेलायत : गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)को बासिङटोकेमा पूर्ण बहादुर पुन अध्यक्ष भएका छन् । गेसो बासिङटोक मन बहादुर पुन अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीमा कुलबहादुर पुन उपाध्यक्ष, जस बहादुर गुरुङ सचिव, लंकबहादुर गुरुङ कोषाध्यक्ष, भुपल बहादुर गुरुङ सह–कोषाध्यक्ष रहेका छन् । नर बहादुर पुन, जस बहादुर पुन, जङ्ग वीर लिम्बु, माई मती पुन, दीप बहादुर गुरुङ, लेख बहादुर गुरुङ, पूर्ण बहादुर पुन र फुल बहादुर पुन...

बेलायतको रिडिङमा संयुक्त जानकारी सभा सम्पन्न

बेलायतको रिडिङमा संयुक्त जानकारी सभा सम्पन्न
काठमाडौँ : गोर्खा भूतपूर्व सैनिक सघं(गेसो) र गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितीले भूतपूर्व गोर्खाहरुको अबको आन्दोलनको बारेमा संयुक्त जानकारी सभा सम्पन्न गरेका छन् । गेसो बेलायत रिडिङको अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालका सांसद दिलमान पाख्रिन , जयन्ती राई, यक्षराज सुनुवार, अइन्द्र सुन्दर नेम्बाहाङ र केशरी घर्ती मगरको उपस्थिती रहेको थियो । जानकारी सभामा गेसको अध्यक्ष कृष्ण कुमार राईले अबको आन्दोलन बेलायत र नेपाल सरकारविरूद्ध गोरखाको सूचनाको...

गोर्खाको आन्दोलनमा ऐक्यबद्धता जनाउन पाचँ सांसद बेलायतमा

गोर्खाको आन्दोलनमा ऐक्यबद्धता जनाउन पाचँ सांसद बेलायतमा
काठमाडौँ : भूपू गोर्खा सैनिकहरुको समस्या सुन्न र आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपालका पाँच सांसद बेलायत पुगेका छन् । गत २९ मार्चका दिन बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरुबीच रक्षा मन्त्रालय (एमओडी) मा पहिलो चरणको त्रिपक्षीय वार्तापछि प्राविधिक समिति गठनमा लागिरहेका भूपू गोर्खाहरुको निमन्त्रणामा सभासदको टोली बेलायत पुगेको हो । भ्रमणमा सर्वदलीय संसदीय समितिका पाँच जना सांसदहरु दिलमान 
पाख्रिन, केशरी घर्तीमगर, अइन्द्र सुन्दर नेम्वाङ, यज्ञराज सुनुवार र जयन्ती राई छन् । बुधवार गेसो...

गेसो अल्डरसटमा नयाँ नेतृत्व

गेसो अल्डरसटमा नयाँ नेतृत्व
बेलायत : गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को अल्डरसट कमिटिमा नयाँ नेतृत्व चयन भएको छ । जंगबहादुर गुरुङको अध्यक्षतामा २५ सदस्सीय नयाँ समिति बनेको हो ।  सोमबार गेसोका केन्द्रीय सभापति कृष्णकुमार राईले नयाँ नेतृत्वलाई ओहोदाको प्रमाणपत्र वितरण गरे । यसैगरी ५ सदस्सीय सल्लाकार समिति पनि चयन भएको छ । प्रमाणपत्र वितरण गर्दै सभापति राईले गोरखा आन्दोलन नयाँ शिराबाट अघि बढिरहेको भन्दै सबै एक पटक जुट्न आग्रह गरे । ...

बेलायती सेनामा २५ 
प्रतिशतले गोर्खा संख्या बढाइने

बेलायती सेनामा २५ 
प्रतिशतले गोर्खा संख्या बढाइने
लन्डन : बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ 
प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत 
लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् । हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ 
प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् । इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला...

गोरखा सैनिकका सबै सन्तानलाई बेलायतको भिसा दिन माग गरिएको मुद्दामा सुनुवाई

गोरखा सैनिकका सबै सन्तानलाई बेलायतको भिसा दिन माग गरिएको मुद्दामा सुनुवाई
लण्डन : गोरखा भूतपूर्व सैनिकका सबै छोराछोरीलाई बेरोकटोक बेलायतको आवासीय भिसा दिन माग गर्दै दाबी गरिएको मुद्दामा विहीबार सुनुवाई भएको छ । बेलायतको रोयल कोर्ट अफ जस्टिसमा हुने सो मुद्दामा गोरखा भूतपूर्व सैनिकका छोराछोरीलाई १८ वर्ष वा ३० वर्षको मापदण्डका आधारमा नभई पारिवारिक जीन्दगीका आधारमा बेलायतको भिसा दिइनुपर्ने मागदावी गरिएको छ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले मुद्दाको सुनुवाईका क्रममा उपस्थित हुन सबै गोरखाहरुलाई अनुरोध गरेको थियो । गेसोका महासचिव दशरथ...

गेसोको क्षेत्रीय अधिवेशन सम्पन्न, को-को भए निर्वाचित (सूचिसहित)

गेसोको क्षेत्रीय अधिवेशन सम्पन्न, को-को भए निर्वाचित (सूचिसहित)
ललितपुर : अधिकांस गोरखा सैनिकहरु बेलायत गएपछि सुस्ताए जस्तो देखिएको गोरखा आन्दोलन फेरि शसक्त्त बनेको छ । मंगलबार उत्साहको साथ नयाँ कमिटिको गठन तथा पुनः गठन गरिएको छ । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)को मध्यमाञ्चल, काठमाडौं र ललितपुरका बिभिन्न संगठनहरुको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ समिति चयन गर्दै आन्दोलन र अभियानको नयाँ कार्यक्रमम पनि घोषणा गरेको छ । मंगलबार ललितपुर विशाल चोकस्थित गेसोको कार्यलयमा अधिवेशन सम्पन्न भएको हो । तेश्रो...

उर्लाबारीमा गेसोको भव्य सभा, निर्णायक आन्दोलनमा जाने घोषणा

उर्लाबारीमा गेसोको भव्य सभा, निर्णायक आन्दोलनमा जाने घोषणा
उर्लाबारी,१३ फागुन :  गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले निर्णायक आन्दोलनमा जाने घोषणा गरेको छ । २०४६ सालयता निरन्तर सडक, सदन र अदालतमा आन्दोलन गर्दै आएको गेसोले गोरखा सैनिकहरूको न्याय र मुलुकको स्वाभिमानको लागि नयाँ आन्दोलन शुरू गर्न घोषणा गरेको हो । गेसो झापा र मोरङको संयुक्त आयोजनामा  विहीबार उर्लाबारी–२ स्थित बौद्ध गुम्बा आयोजित जानकारी सभामा  गेसोका केन्द्रीय सभापति कृष्णकुमार राईले निरन्तरको आन्दोलनबाट उपलब्धिहरू हाँसिल भए पनि अझै ब्रिटिसले विभेद र अन्याय...

धरानमा फेरि बन्यो गेसोको संगठन

धरानमा फेरि बन्यो गेसोको संगठन
धरानः गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को सुनसरी जिल्ला कमिटि गठन भएको छ । हरिबहादुर राईको अध्यक्षतामा १० सदस्सीय नयाँ कार्य समिति गठन भएको हो । मंगलबार धरानको सुनसरीमा भएको गोरखा भूतपूर्व सैनिकहरुको बिशेष भेलाले भूतपूर्व ब्रिटिस गोरखा सैनिक राईको नेतृत्व कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो । गोरखाहरुबिचको अन्तरबिरोधको कारण लामो समयदेखी गेसोको कमिटि धरानमा थिएन । गेसोका केन्द्रीय सभापति कृष्णकुमार राईको उपस्थीतिमा भएको कार्यक्रममा धरानमा रहेको ब्रिटिस गोरखाहरुको बाग्लो उपस्थीति रहेको...