आत्मघाती बम आक्रमणमा पाँच सैनिकको मृत्यु

आत्मघाती बम आक्रमणमा पाँच सैनिकको मृत्यु
कानो (नाइजेरिया) : उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ । योबे र बोर्नो राज्यको बीचमा पर्ने स्थानमा आत्मघाती आक्रमणकारीले देशभक्त नेता अबु मुसएब अल बर्नावीलाई लक्ष्य गर्दै सो आक्रमण गरेको सैनिक स्रोतले जानकारी दिएको छ । मन्गुजुम गाउँमा सैनिकको एक जथालाई विस्फोटक पदार्थ बोकेको भ्यानद्वारा आत्मघाती...

जलवायु नेतृत्वका लागि जी२० को समय

जलवायु नेतृत्वका लागि जी२० को समय
पेरिस : सन् २०१६ को सुरुमा संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँलाई नेतृत्व दिने राम्रो अवस्थामा थियो । सन् २०१७ का लागि जी२०को अध्यक्षका रुपमा जर्मन चान्सलर एन्जेला मर्केल विश्व अर्थतन्त्रमा व्यापक रुपान्तरण ल्याउन अमेरिकाको भर परेकी थिइन् । जी२० समृद्ध अर्थतन्त्र भएका २० राष्ट्रका सरकार र केन्द्रीय बैंकका गभर्नरहरूको अन्तर्राष्ट्रिय मञ्च हो । डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि पनि मर्केलले अमेरिकाले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा नेतृत्वदायी...

माओवादीको हमलामा परी २४ भारतीय सैनिकको मृत्यु

माओवादीको हमलामा परी २४ भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली: भारत  भारतको मध्य छत्तीसगढ राज्यमा माओवादीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी कम्तीमा २४ सैनिकको मृत्यु भएको छ। बिबिसिमा उल्लेख भएअनुसार अन्य घाइते जवानलाई उपचारका लागि हेलिकप्टरबाट रायपुर लगिएको छ। घटनापछि छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले आपत्कालीन वैठक बोलाएका छन्। प्रहरीका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको सैनिक समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो । सेनाको उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो ।त्यसैबेला हमला भएको बताइएको...

फ्रान्सको राष्ट्रपतिका लागि मतदान हुदैँ, ११ जना प्रतिश्पर्धा

फ्रान्सको राष्ट्रपतिका लागि मतदान हुदैँ,  ११ जना प्रतिश्पर्धा
पेरिस :  फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ । अहिले प्रतिश्पर्धामा रहेका ११ जना उम्मेदबारहरु मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिश्पर्धा हुने छ । कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय भईसकेको छ ।विभिन्न सर्वेक्षणहरुले न्याश्नल फ्रन्टकी नेतृ मारिने ले पेन र अर्का उम्मेदबार इमानुएल माक्रोनकाबीच प्रप्रतिस्पर्धा हुने देखाएका छन्...

दक्षिण भारतमा सडक दुर्घटना, १३को मृत्यु

दक्षिण भारतमा सडक दुर्घटना, १३को मृत्यु
नयाँ दिल्ली (भारत) :  दक्षिण भारतको आन्द्र प्रदेशमा प्रहरी चौकी नजिकै प्रदर्शन गरिरहेका किसानहरुको  समूहमा शुक्रबार एउटा ट्रक जोतिँदा कम्तीमा १३ जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा करिब २० व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रदर्शन गरिरहेको ठाउँ नजिकै ट्रक चालकले नियन्त्रण गुमाउँदा उक्त ट्रकले नजिकैको बिद्युत्को खम्बामा ठक्कर खाएपछि ट्रक प्रदर्शनकारीतर्फ मोडिएको बताइएको छ । घटना चालकको लापरवाहीका...

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ : ट्रम्प

पेरिस आक्रमणले राष्ट्रपतीय निर्वाचनमा ठूलो प्रभाव पार्न सक्छ : ट्रम्प
वासिङटन (अमेरिका) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिसमा भएको घातक आक्रमणको फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पर्ने शुक्रबार बताएका छन्। आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । “पेरिसमा भएको अर्को आतङ्कवादी हमलाका कारण फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ, ” अमेरिकी राष्ट्रपतिले फ्रान्सको आइतबार हुने निर्वाचनका विषयमा रहेको अमेरिकी मौनतालाई भङ्ग गर्दै ट्वीट गरेका छन् । ट्रम्पको ट्वीट पेरिसमा एक बन्दुकधारी आक्रमणकारीले एक प्रहरीको मृत्यु भएपछिको केही घण्टापछि आएको छ...

बेलायतमा आमनिर्वाचन गर्ने प्रधानमन्त्री थेरेसाको घोषणा

बेलायतमा आमनिर्वाचन गर्ने  प्रधानमन्त्री थेरेसाको घोषणा
काठमाडाैं : बेलायतकी प्रधानमन्त्री थेरेसा मेले जुन ८ मा आमनिर्वाचन गर्ने प्रस्ताव संसद्मा  पेस गर्ने भएकी छिन् । बेलायतले युरोपेली युनियन (इयू)बाट बाहिरिन औपचारिक रूपमा वार्ता सुरु गरेका वेला देशमा स्थायित्व सुनिश्चिता गर्न भन्दै प्रधानमन्त्रीले तीन वर्ष अगावै आमनिर्वाचनको प्रस्ताव पेस गर्न लागेकी हुन् । प्रधानमन्त्रीले निर्वाचनबारे बुधबार संसद्मा प्रस्ताव पेस गर्दै छिन् । निर्धारित समयअघि बोलाइने निर्वाचन प्रस्ताव संसद्बाट पारित हुन प्रधानमन्त्रीलाई सबै सांसदको दुईतिहाइ मत आवश्यक पर्छ । प्रमुख...

उद्योगपति विजय माल्या लण्डनमा पक्राउ

उद्योगपति विजय माल्या लण्डनमा पक्राउ
(एजेन्सी): लण्डन भारतीय उद्यमी विजय माल्या लण्डनमा पक्राउ परेका छन्। लण्डनको स्कटल्याण्डमा यार्डबाट उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई पक्राउ गर्न गत फेब्रुअरीमा भारत सरकारले बेलायतलाई आग्रह गरेको हो। बैंकिङ कसुर र आर्थिक अनियमितताको आरोप उनलाई भारतमा छानबिन थालिएको थियो। उनी त्यसबाट बच्न भाग्दै आएका थिए। एयरलाइन्स कम्पनी किङ फिसरका मालिक समेत रहेका माल्याले बैंकबाट ऋण लिएर नतिरेको आरोप छ। रक्सीको कारोबार गर्ने भारतीय उद्योगपति माल्याको विमान कम्पनी किङफिसरमाथि ९ हजार...

लन्डनको नाइट क्लबमा एसिड आक्रमणबाट १२ घाइते

लन्डनको नाइट क्लबमा एसिड आक्रमणबाट १२ घाइते
लन्डन(बिबिसी) :पूर्वी लन्डनको नाइट क्लबमा आइतवार राति केही अज्ञात व्यक्तिको एसिड आक्रमणबाट १२ जना घाइते भएका छन् । एसिड आक्रमण भएको थाहाभएपछि प्रहरीले लन्डन फिल्ड्सको सिडवर्थस्थित नाइट क्लब मैगल ई८मा भएका मानिसलाई बाहिर निकालेका थिए ।लन्डनका फ्राइड बिग्रेडका अनुसार तेजाबजस्तै कुनै ज्वलनशील पदार्थ नाइटक्लबभित्र रहेका मानिसलाई लक्षित गरी फ्याकेका थिए । एसिड आक्रमणबाट घाइते १० जनालाई एम्बुलेन्स मार्फत तत्काल उपचारका लागि अस्पतालमा लगेको प्रहरीले जानकारी दिए । एसिड प्रहार गरिएको बेला उक्त नाइट...

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल
(एजेन्सी) सउल: उत्तर कोरियाले आइतबार गरेको क्षेप्यास्त्र परीक्षण असफल भएको छ। दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तर कोरियाले गरेको एउटा क्षेप्यास्त्र परीक्षणको प्रयास विफल भएको बताएको छ। अमेरिकी रक्षा मन्त्रलायले पनि उक्त परीक्षणको पुष्टि गर्दै सो ब्यालेस्टिक क्षेप्यास्त्र तत्कालै पडकिएको जनाएको छ। आफ्ना संस्थापक नेताको सम्मानमा शनिबार भव्य परेड आयोजना गरेको भोलिपल्टै उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा अवस्थित सिन्पो नजिकै उक्त परीक्षण भएको हो। यसअघि पनि उत्तर कोरियाले पाँच वटा परमाणु अस्त्र परीक्षण...