बारामा २९७ मतदान केन्द्र

बारामा २९७ मतदान केन्द्र
कलैया  : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, बाराले जनाएको छ। विसं २०६८ को जनगणनाअनुसार तीन लाख ५१ हजार २४४ पुरुष र तीन लाख ३६ हजार २६४ महिला गरी कुल छ लाख ८७ हजार ७०८ जनसङ्ख्या रहेको बारा जिल्लामा दुईवटा उपमहानगरपालिका, चारवटा नगरपालिका र नौवटा गाउँपालिका रहेका छन्। जिल्लामा एक लाख ८६ हजार १४६ पुरुष, एक लाख ५० हजार ८४२...

नयाँ भारतीय राजदूत मन्जिभ सिँह काठमाडौं आए

नयाँ भारतीय राजदूत मन्जिभ सिँह काठमाडौं आए
काठमाडौं : नेपालका लागि भारतीय नवनियुक्त राजदुत मन्जिव सिंह पुरी काठमाडौं आइपुगेका छन्। तत्कालिन राजदुत रणजित रायको कार्याकाल सकिएको २५ दिनपछि सिंह नयाँ राजदुतका रुपमा कार्यभार सम्हाल्न आज बिहान काठमाण्डौ आईपुगेकाे  हो । सिंहले सोमबारबाट कार्यभार सम्हाल्नेछन्  । युरोपियन युनियन, बेल्जियम र लक्जेम्वर्गका लागी भारतीय राजदुत भईसकेका सिंहलाई भारत सरकारले नेपालका लागी २४ औँ राजुदुतका रुपमा नियुक्त गरेको हो । उनलाई त्रिभुवन विमानस्थलमा डेपुटि चिफ अफ मिसन (डिसिएम) विनय कुमार लगायत दूतावासका कर्मचारीहरुले...

गोँगबुमा एक गेस्टहाउसमा आगलागी, करिब ३० लाख बराबरको क्षति

गोँगबुमा एक गेस्टहाउसमा आगलागी, करिब ३० लाख बराबरको क्षति
काठमाडौँ : काठमाडौँस्थित गोँगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्टहाउसमा आगलागी भएको छ ।  आज अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले जानकारी दिए । किताब पसलबाट फैलिएको आगोले सँगै रहेको सागा ट्राभलको अफिसमा रहेका फर्निचर, कम्प्युटरलगायत भौतिक सामग्री जलेर नष्ट  भएको सागाका सञ्चालक स्वच्छम गुरुङले बताए। घरमा आगलागी हुँदा पहिलो तल्लामा रहेको ‘श्रेष्ठ पुस्तक पसल’ र ‘सप ट्राभल्स’मा करिब ३० लाख बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका...

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला
रोल्पा : अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन्। अहिले उनको उमेर २७ वर्ष भयो। ससुरासँगै काठमाडौँ गाडी चलाउन हिँडेका उनका श्रीमान्ले उतै अर्की श्रीमती ल्याएपछि जीवनका बाँकी दिन सँगसँगै बिताउने उनको चाहना सपनामा परिणत हुन पुग्यो। श्रीमान् नै अर्काको भइसकेपछि त्यही श्रीमान्को घर बस्नुको के अर्थ भयो र रु उनले नाबालक छोरो च्यापेर जङ्कोट माइत आइन्। छोरासँगै माइत...

भारतकाे पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतकाे पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी
नयाँदिल्ली : भारतले शनिबार आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्न सक्ने चेतावनी दिएको छ। आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न ती दुई देशसँगको सिमानामा बन्द गर्नुपर्ने भारतको भनाइ छ। “भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बङलादेशसँगको अन्तरराष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ, आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न भारतले यो गर्नुपर्दछ,” गृह मन्त्री राजनाथ सिंहले भने। “पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो...

शैक्षिक क्षेत्र फोहोर मुक्त अभियान(फाेटाेफिचर)

शैक्षिक क्षेत्र फोहोर मुक्त अभियान(फाेटाेफिचर)
बेलबारी : बेलबारी जेसिजको आयोजना सरसफाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । शैक्षिक क्षेत्र फोहोर मुक्त क्षेत्र निर्माण बनाइने अभियान अन्तर्गत बेलबारीको भगवती मा.बि क्षेत्रको फोहोर सङ्कलन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि तथा भगवती मा.बि बेलबारीका विध्यलय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम गैतमले झाडुले फोहोर सफा गरेर औपचारिक उदघाटन गरेका थियो । शैक्षिक क्षेत्रलाई फोहोर मुक्त क्षेत्र बनाउँदै वातावरण स्वच्छ राख्ने उदेश्यले सरसफाई कार्यक्रम गरेको बेलबारी जेसिजका अध्यक्ष मादवराज थापाले बताए ।...

यान्त्रिक ‘कामधेनु’ गाईबाट ५० लाखभन्दा बढी आम्दानी

यान्त्रिक ‘कामधेनु’ गाईबाट ५० लाखभन्दा बढी आम्दानी
पोखरा : पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पोखराको छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईले साढे नौ वर्षका अवधिमा  ५० लाखभन्दा बढी आम्दानी गरेको छ । करिब रु एक लाख ५७ हजारका लागतमा २०६४ सालमा फाइबरबाट निर्मित सो ‘कामधेनु’ गाईको गोठ करिब पाँच लाख तीन हजारले टिकट काटेर अध्ययन अवलोकन गर्दा गुफा व्यवस्थापन समिति उक्त आम्दानी गर्न सफल भएको हो । उनका अनुसार गुफा प्रवेशबाहेक सामान्य रुपमा प्रतिटिकट  १० रूपैयाँ व्यवस्था...

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु
सल्यान : छ नं प्रदेशका दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो ।  प्रदेशका सबै जिल्लामा गीतसङ्गीतसम्बन्धी विविधता रहेकाले यसलाई लिपिबद्ध गर्न आवश्यक रहेको नाट्य तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्ती मगरले जानकारी दिए । “विविध कारणले मौलिक संस्कृति लोप हुने खतरा छ, यसलाई जोगाउन र भावी पुस्ताका लागि यसलाई लिपिबद्ध गर्न आवश्यक...

भोजपुरकाे दोभानेमा दर्जनौँ हातहतियार फेला

भोजपुरकाे दोभानेमा दर्जनौँ हातहतियार फेला
भोजपुर : उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मातेलमा दर्जनौँ हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ । टुइन्च मोटार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीयवासी आङगेलु शेर्पाको पुरानो घरमा भतिजा काजीले सरसफाइ गर्ने क्रममा बाकसमा हातहतियार फेला पारेपछि प्रहरीलाई जानकारी गराएको थियो । फेला पारिएका हातहतियार प्रहरी चौकी दोभानेको सुरक्षामा...

तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित

तीन सय पचास महिलाको प्रतिनिधित्व निश्चित
नवलपरासी : आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ ।  जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा एक सय ६६ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था छ । वडामा निर्वाचित हुने दुई महिलामा एक दलित समुदायको र अर्काे अन्य समुदायको महिला हुनुपर्ने छ । सोअनुुसार...