लघुजलविद्युत् आयोजना उत्पादनमूलक कार्यमा

लघुजलविद्युत् आयोजना उत्पादनमूलक कार्यमा
सिन्धुली: जिल्लाका छवटा लघुजलविद्युत आयोजना उत्पादनमूलक कार्यमा लागेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र जिविसको समन्वयमा लघुजलविद्युत् आयोजना उत्पादनमूलक कार्यमा लागेका हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा लघुजलविद्युत् आयोजनालाई उत्पादनमूलक कार्यमा लगाउन ३० देखि ४० प्रतिशतसम्म मेसिनरी सामान किन्न सहयोग गरेको जिविसको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका अधिकृत सन्दीप उपाध्यायले जानकारी दिए। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १३ किलोवाट क्षमताको शाखर खोला लघुजलविद्युत् आयोजनालाई रु १५ हजार,...

नेपालमै पहिलो पल्ट बनेको गोर्खा इको प्यानलको शोरुम बिजुली बजारमा

नेपालमै पहिलो पल्ट बनेको गोर्खा इको प्यानलको शोरुम बिजुली बजारमा
काठमाडौँः नेपालमै सन् २०१४ देखि प्री–फ्याब प्यानल, (गोर्खा इको प्यानल) उत्पादन गर्दै आएको इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आफ्नो उत्पादनलाई दोब्बर बनाउदैँ गोरखा इको प्यानल नयाँ शोरुम काठमाडौंको बिजुलीबजारमा खुलेको छ । बहराइनस्थित अलखाजा कम्पनी लिमिटेडको संयुक्त लगानीमा नेपालमै सन् २०१४ देखि प्री फ्याब प्यानल उत्पादन गर्दै आएको कम्पनीले वार्षिक ५ लाख वर्ग मिटरबाट १० लाख वर्ग मिटर उत्पादन गरिरहेको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले जानकारी दिए...

गैँंडाछाप सिमेन्टको मूल्यमा वृद्धि

गैँंडाछाप सिमेन्टको मूल्यमा वृद्धि
गाईघाट । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेबाट उत्पादन हुँदै आएको गैँंडाछाप सिमेन्टको मूल्यमा फेरी वृद्धि भएको छ । उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको विगतको मूल्य भन्दा प्रतिबोरा रु २९ को दरले वृद्धि गर्ने निर्णय भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष बिमल कार्कीले बताए । आइतबार उद्योग बोर्डको बैठक बसेर सिमेन्टको मूल्य वृद्धि गर्ने निर्णय गरेको अध्यक्ष कार्कीको भनाई छ । यस अघि गैँंडा छाप सिमेन्टको मूल्य प्रतिबोरा बिक्री...