अर्थमन्त्रालद्वारा ७४४ स्थानीय तहमा १/१करोड बजेट निकास

अर्थमन्त्रालद्वारा  ७४४ स्थानीय तहमा १/१करोड बजेट निकास
काठमाडौं : अर्थमन्त्रालयले स्थानीय तहलाई १/१ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । ‘बुधवार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ संरचनाको पूर्वाधार विकासका लागि ७४४ स्थानीय तहमा मन्त्रालयले १/१ करोडका दरले ७४४ करोड बजेट निकासा गर्ने निर्णय गरेको बताए । सो रकम नयाँ संरचनाको पूर्वाधार विकास लगायतका क्षेत्रमा खर्च गरिनेछ । सरकारले मङ्गलवारदेखि मात्रै ७४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको थियो ।...

विस्थापित बैंकका शाखा तुरुन्त पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन

विस्थापित बैंकका शाखा तुरुन्त  पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाण्डौ : द्वन्द्वको समयमा विस्थापन भएका सरकारी बैंकका शाखा तुरुन्त पुनःस्थापना नहुँदा सम्बन्धित क्षेत्रका जनताको गुनासोसमेत बढी रहेकाले यस विषयलाई सम्बोधन गर्न अर्थमन्त्रालयले सरकारी बैंकलाई निर्देशन दिएको छ । हालसम्म पनि अपेक्षितरुपमा शाखा पुनःस्थापना नभएको भन्दै मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लि. र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई विहिबार मन्त्रालयमै बोलाएर निर्देशन दिइएको हो । अर्थसचिव डा शान्तराज सुवेदीले तीनवटै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मन्त्रालयमा बोलाएर द्वन्द्वमा विस्थापन भएका बैंक...

नेपालमा हजार र पाँच सयका भारु दुई करोड मात्रै

नेपालमा हजार र पाँच सयका भारु दुई करोड मात्रै
काठमाडौंः मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र पाँच सय  दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । हजार र पाँच सय दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए पनि साधारणसँग ठूलो रकम...

सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण सुरु

सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण सुरु
काठमाडौं : राष्ट्र बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ। नयाँ नोट वितरणका लागि काठमाडौंको थापाथली स्थित नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९ वटा काउन्टरको व्यवस्था गरेको छ। यसअघि केन्द्रीय बैंकले निजी बैंक तथा वित्तीय संस्थालाई भने २ अर्बका नयाँ नोट दिइसकेको छ। असोज ९ गतेदेखि ३ दिनसम्म वाणिज्य बैंकलाई, १–१ दिन विकास बैंक र वित्त कम्पनीलाई र १ दिन केन्द्रीय कार्यालय उपत्यका बाहिर...

बैंकको ऋण लगानीमा दुई अायोजना बन्दै

बैंकको ऋण लगानीमा दुई अायोजना बन्दै
काठमाडौं : नेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण हुने भएको छ। सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत आयोजनामा ऋण लगानी गर्ने गरि माछापुछ्रे बैंकको नेतृत्वमा सोमबार सम्झौता भएको छ।  माछापुछ्रे सहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसीसी बैंक, सनराइज बैंक, जनता बैंक, कुमारी बैंक र सिभिल बैंक गरि ८ बैंकले  चार अर्ब ७४ करोड ऋण लगानी गर्ने भएका हुन्। त्यस्तै, एनएमबी बैंक नेतृत्वमा ६...

देशलाई आत्मनिर्भर बनाउन सकिन्छ:गभर्नर नेपाल

देशलाई आत्मनिर्भर बनाउन सकिन्छ:गभर्नर नेपाल
पाल्पा:नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा खुलेका बैंकबाट पैसा परिचालन गरी नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने बताएको छ । नेपालमा परनिर्भरता रहकाले बैंकबाट कर्जाको सही परिचालन गरी उत्पादन बढाउनुपर्ने र परनिर्भरता हटाउनुपर्नेमा उनले जोड दिए। छोराछोरी पैसा कमाउन विदेश अब पठाउने होइन, स्वदेशमा नै केही गरी देशलाई आत्मनिर्भर बनाउने गरी युवा उत्पादनमा लाग्नुपर्ने बताए । आर्थिक अभावका कारण परनिर्भर भएकाले अब ग्रामीण क्षेत्रमा बैंक स्थापना भएकाले त्यसबाट भरिपूर्ण उपभोग गरी देशलाई आर्थिक...

नेपाल अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्दे

नेपाल अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्दे
काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालले वित्तीय प्रणालीमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल चार्टर्ड एकान्टेन्टस एसोसिएसनको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार यहाँ सम्बोधन गर्दै उनले नेपालको आर्थिक प्रगतिलाई विश्वसनीय बनाउन सो प्रणाली लागू गर्न लागिएको जानकारी दिए । कुनै पनि संस्थाको आर्थिक अवस्थाका बारेमा सबैभन्दा पहिले चार्टर्ड एकाउन्टेन्टलाई नै जानकारी हुने हुँदा उनीहरुले देश र जनताका लागि इमान्दार भएर काम गर्नुपर्नेमा जोड...

मेगा बैंककाे सङ्घीय संरचनामा जाने घोषणा

मेगा बैंककाे सङ्घीय संरचनामा जाने घोषणा
काठमाडौँ : निजी क्षेत्रको बैंक मेगा बैंकले मुलुकको सङ्घीय संरचना अनुसार नै कारोबार गर्ने घोषणा गरेको छ । यहाँ शुक्रबार आयोजित छैटाैँ वार्षिकोत्सवका अवसरमा बैंकले सो घोषणा गरेको छ । नेपालको संविधानअनुसार मुलुक सात प्रदेशमा विभाजन भएकाले सोहीअनुसार नै बैंकको गतिविधिलाई पनि अगाडि बढाउने योजना रहेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । यस्तै बैंकले मर्जरलाई प्राथमिकता दिने वा हकप्रद सेयर जारी गरेर नेपाल राष्ट्र बैंकले तोकेको रु आठ अर्ब चुक्ता पुँजी पु¥याउने जानकारी दिइयो...

मौद्रिक नीतिप्रति बैंकर्स सङ्घको मिश्रित प्रतिक्रिया

मौद्रिक नीतिप्रति बैंकर्स सङ्घको मिश्रित प्रतिक्रिया
काठमाडौँ: नेपाल बैंकर्स सङ्घले आगामी आर्थिक वर्षका निम्ति नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उत्पादनशील क्षेत्रमा तरलता प्रवाह गर्ने व्यवस्था तथा औद्योगिकीकरण बढाउन लगानी वृद्धि एवम् ब्याजदर ‘करिडर’को व्यवस्था मौद्रिक नीतिमा हुनु सकारात्मक भएको भन्दै त्यसको स्वागत गरेको छ । लघुवित्त कारोबार वाणिज्य बैंकहरुले पनि गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सङ्घले यदि त्यसो गर्ने हो भने लघुवित्त संस्थाहरुबाट...

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने
काठमाडौँ: नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई सहयोग पुग्नेछ । वाणिज्य बैंकले आफ्नो कर्जाको २० प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्थालाई कायम राख्दै केन्द्रीय...