नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार
काठमाडौं : यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ । यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका कारोबार भएको छ । जसअनुसार १२ हजार ७५९ कारोबारबाट एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार...

नेप्सेमा ९० अङ्कको गिरावट

नेप्सेमा ९० अङ्कको गिरावट
काठमाडौँ : यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९० दशमलव ७ अङकले घटेर अन्तिम दिन एक हजार ३७५ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले ओरालो लागेको थियो । यससाता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ लाख ६७ हजार १३० कित्ता सेयर खरिद बिक्री...

सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने

सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने
काठमाडौ : स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको हो । ‘अन्तर्राष्ट्रिय बजारमा डलर मजवुद हुँदै गएकाले सुनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ’, सुनचाँदी व्यवसायी तजरत्न शाक्य भन्छन्,‘यहीँ अनुपातमा सुनको मूल्य घट्दै गए प्रतितोला ५० हजार रुपैयाँसम्म झर्ने अनुमान गरिएको छ ।’ आजको कारोबार दैनिकमा समाचार छ । विश्लेषकका...

पच्चीस किलोको एउटै लौका

पच्चीस किलोको एउटै लौका
धनगढी : तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो । केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनी कक्षका किसान बालकुमार रानामगरले बताए । स्थानीय जातको यो...

भारु प्रतिबन्धको मारमा बिरामी, भन्सार ठप्प

भारु प्रतिबन्धको मारमा बिरामी, भन्सार ठप्प
भीमदत्तनगर: भारतले मङ्गलबारको मध्यरातदेखि लागू हुने गरी भारु ५०० र एक हजारका नोट बजारमा चलाउन रोक लगाएपछि आज बिहानैदेखि त्यसको असर सिमान्त सहर भीमदत्तनगर र पश्चिमी नाका गड्डाचौकीमा परेको छ । यहाँबाट सीमावर्ती सहरमा उपचारका लागि जाने बिरामीदेखि भारतमा श्रम बेचेर घर फर्किरहेका नेपालीलाई भारु प्रतिबन्धको असरले छोएको छ । आज बिहान कार्यालय खुल्नासाथ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको यात्रु शाखादेखि छेउमै रहेको...

भारु ५०० र १००० नाेट कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

भारु ५०० र १००० नाेट कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ : भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने नेपालीमा त्यसको प्रत्यक्ष असर पर्नुका साथै नेपालमा रहेको अर्बौ भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती सिर्जना भएको हो । भारतसँग एक हजार ८०० किलोमिटर खुला सीमा क्षेत्रमा बस्ने नेपालीसँग रहेका भारु नचल्ने भएका छन्...

सुनको मूल्य घट्दो कारोबार भने बढ्दो

सुनको मूल्य घट्दो कारोबार भने बढ्दो
काठमाडौँ : दसैँको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैँको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु ५६ हजार र तेजावी सुनको मूल्य रु ५५ हजार ७५० कायम रहेको छ । सङ्घका अनुसार घटस्थापनापछि पटक पटक गरी सुनको मूल्य घटेर प्रतितोला रु दुई हजार ३०० भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा कमी आएसँगै नेपालमा पनि...

मत्स्य बिजको बिक्री बढ्यो

मत्स्य बिजको बिक्री बढ्यो
धनगढी : कैलाली जिल्लाको गेटास्थित मत्स्य विकास केन्द्रले चालु वर्षको गएको दुई महिनामा नै वार्षिक लक्ष्य भेटाउने गरी ह्याचलिङ्ग (मत्स्य बिज) बिक्री गर्न सफल भएको छ । चालु वर्षमा एक करोड ४० लाख ह्याचलिङ्ग गरी बिक्री गर्ने लक्ष्य राखिएकामा दुई महिनाभित्रमा नै एक करोड ३१ लाख ह्याचलिङ्ग बिक्री भएको कार्यालयका प्रमुख गायत्रीराज वाग्लेले बताए। मत्स्य बिजको उत्पादन वृद्धिसँगै जिल्लाका मत्स्यपालन व्यवसायीको कुल मागको झन्डै ६५ प्रतिशत आपूर्ति स्थानीय क्षेत्रमा उत्पादित मत्स्य बिजबाट...

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु
काठमाडौँ : मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहितको सामसङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ । असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको शुक्रबार  उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले एक्स्पो उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको...

सिटिसी मोबाइल बजारमा सामसुङ मोबाइल एक्स्पो हुँदै

सिटिसी मोबाइल बजारमा सामसुङ मोबाइल एक्स्पो हुँदै
काठमाडौँ :  राजधानीको सुन्धारास्थित सिटिसी मलमा नेपालकै सर्वाधिक ठूलो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । सामसुङले मुख्य प्रायोजन(टाइटल स्पोन्सर) गरेको मोबाइल एक्स्पो असोजको पहिलो साताबाट सुरु हुनेछ । सिटिसी मोबाइल बजारले गर्न लागेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर(भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा हुने छ । मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स र जियोनी मोबाइल रहेका छन् । यसैगरि मुख्य प्रायोजनमा माइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह...