वर्ष २०७३ : ऊर्जा क्षेत्रकाे स्वर्णकाल

वर्ष २०७३ : ऊर्जा क्षेत्रकाे स्वर्णकाल
काठमाडौँ : गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो। उद्योग व्यवसाय चौैपट थियो। मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो। सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो। नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो। सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो। तर उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका कारण आहात थिए। सरकारको उक्त चर्चालाई धेरैले हावादारी भन्दै उडाएका...

गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्

गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्
चितवन : नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्रजना काम गर्नेहरु पनि राखिएका छन् । चैनपुरमा २० बिगाहा क्षेत्रमा लगाइएको केराबाट एक गाडी ‘पिकअप भ्यान भरि’ केरा...

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी
तेह्रथुम : जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताईन् । ‘गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार वटा अकबरे खुर्सानीका बिरुवा रोपेका थिए, अध्यक्ष खड्काले भनिन् । विगतका पुराना बोटसहित...

ठेलाले बनायो रामसिंलाई लखपति

ठेलाले बनायो रामसिंलाई लखपति
रोल्पा  : सोह्र वर्ष अगाडि भारतको गुजरातमा सिमेन्ट कारखानामा काम गर्ने सिलसिलामा दुवै आँखाको ज्योति गुमाएका खुमेल गाविसका ४४ वर्षीय रामसिंह विक ठेलामा तरकारी बिक्री गरी आम्दानी गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका विकले आँखाको उपचारका लागि भारतका विभिन्न अस्पताल धाए । छिमेकी दाजुभाइबाट सहयोग नपाएपछि उहाँ श्रीमती र दुई वर्षीया छोरीसँगै सदरमुकाम लिवाङ झरे । करिब ६ वर्षसम्म श्रीमतीको ज्यालामजदुरीबाट पालिएका विक त्यसपछि...

कर्णालीवासीको आशाको केन्द्र बन्दै कर्णाली करिडोर

कर्णालीवासीको आशाको केन्द्र बन्दै कर्णाली करिडोर
कालीकोट, १० माघ । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ । कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली नदीको किनाराको...

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा
म्याग्दी, माघ १० : सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ। समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो। सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । पुरानो इतिहास...

नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘जटायु रेस्टुरेन्ट’

नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘जटायु रेस्टुरेन्ट’
काठमाडौँ, ७ माघ । लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका ‘जटायु रेस्टुरेन्ट’ पछिल्लो समयमा पर्यटकीय दृष्टिले समेत आकर्षक बन्दै गएका छन् । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायद्वारा सञ्चालन गरिएको ‘जटायु रेस्टुरेन्ट’ को स्थापना भएको थियोे । सामुदायिक वन उपभोक्ताको सक्रियतामा यसरी खुलेका ‘जटायु रेस्टुरेन्ट’ जैविक विविधता संरक्षणका लागि उपयोगी मात्र नभई पछिल्लो समयमा पर्यटकीय...

धान उत्पादन हालसम्मकै बढी, ५ लाख मेट्रिक टन अझै अपुग

धान उत्पादन हालसम्मकै बढी, ५ लाख मेट्रिक टन अझै अपुग
काठमाडौं : खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ। यो उत्पादन हालसम्मकै उच्च हो। आर्थिक वर्ष ०६९/७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २४८ मेट्रिक टन, ०७०/०७१ मा १४...

साझा बसको सेवा उपत्यकाका सबै मार्गमा बढाउन यात्रुको माग

साझा बसको सेवा उपत्यकाका सबै मार्गमा बढाउन यात्रुको माग
काठमाडौँ, २० पुस । विभिन्न बाहनामा बारम्बार हुने बन्दमा पनि साझा यातायातले सेवा दिन थालेकाले उपत्यकाका सबै मार्गमा यसको सेवा विस्तार गर्नुपर्ने माग पीडित यात्रुकोे छ । सडक विस्तार गर्दा भत्कने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित सङ्घर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आबद्ध मानिस समयमै गन्तव्यमा पुग्न पाएनन् । सडकमा फाट्टफुट्ट मात्र सवारी चलेका छन् । साझाका भने सबै सवारी सञ्चालनमा आएको...

रेमिट्यान्सको महङ्गो सामाजिक मूल्य

रेमिट्यान्सको महङ्गो सामाजिक मूल्य
संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा ।  राेल्पा २०७२ पुस,  पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने  तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने । सँगै...