पर्यटनका लागि उत्साहपूर्ण वर्ष-२०७३

पर्यटनका लागि उत्साहपूर्ण वर्ष-२०७३
काठमाडौँ : भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह...

शक्तिखोरको सम्फर्‍याङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान

शक्तिखोरको सम्फर्‍याङमा नयाँ पर्यटकीय गन्तव्य पहिचान
चितवन : चितवनको विकटमा पर्ने शक्तिखोरको सम्फर्‍याङ सामुदायिक वनभित्रै आकर्षक पर्यटकीय गन्तव्य पहिचान भएको छ । तर आवश्यक पूर्वाधारको अभाव र प्रचार नहुँदा त्यो ओझेलमा परेको छ । कालिका नगरपालिकासँग जोडिएको साविक शक्तिखोरमा पर्ने यो सामुदायिक वन क्षेत्र पहाडै पहाडले घेरिएको छ । त्यसभित्रबाट खोँच हुँदै बहने सम्फ¥याङ खोला आफैँमा मनमोहक देखिन्छ । खोलाको शिरदेखि शक्तिखोर बजारसम्मै पर्यटकलाई आकर्षित गर्ने विभिन्न आकर्षक क्षेत्र र भूबनोट रहेको सामुदायिक वनका अध्यक्ष अणबहादुर सारु...

अछाममा जलयात्राको प्रचुर सम्भावना रहेको निष्कर्ष

अछाममा जलयात्राको प्रचुर सम्भावना रहेको निष्कर्ष
अछाम : जिल्लाकोे बुढिगंगा नदीमा पहिलो पटक सम्भाव्यता अध्ययनकालागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको छ । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हुँदै चित्रे पुलसम्म टोलीले सम्भाव्यता अध्ययन गरेको थियो । ‘अछाम जिल्लाको बुढी गङ्गा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ,’ सम्भाव्यता अध्ययनको नेतृत्व गर्नु भएका पर्यटन व्यवसायी रमेश बहादुर कुँवरले भने । जल यात्राका माध्यमले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित...

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण
काठमाडौँ, २ चैत : युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड ९एयर सेफ्टी० पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्री डा।प्रकाशशरण...

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा

सय वर्ष पुरानो स्वर्गाश्रम पूर्वाधार र संरक्षणको पर्खाइमा
म्याग्दी, माघ १० : सयवर्ष पुरानो इतिहास बोकेको म्याग्दीको भकिम्ली–३ मा अवस्थित धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने प्रसिद्ध स्वर्गाश्रम पूर्वाधार विकास, संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ। समुद्री सतहदेखि झन्डै दुई हजार ५०० मिटरको उचाइमा अवस्थित स्वर्गाश्रममा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा परेको हो। सदरमुकामको पहुँचभन्दा टाढा, सडक मार्गले छुन नसक्नु, बजेटको अभाव, प्रचारप्रसार नहुनु जस्ता कारणले धार्मिक र पर्यटकीय महत्व बोकेको आश्रम विस्तारै ओझेलमा पर्दै गएको छ । पुरानो इतिहास...

नेपाल र युएर्इका ऊर्जामन्त्रीबीच भेटवार्ता, जलविद्युत् क्षेत्रमा लगानी गर्न नेपालको आग्रह

नेपाल र युएर्इका ऊर्जामन्त्रीबीच भेटवार्ता, जलविद्युत् क्षेत्रमा लगानी गर्न नेपालको आग्रह
काठमाडौँ, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स(युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् । युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा साेमबार भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित नेपाली राजदूतावासका सहचारी केशवराज...

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ : उपप्रम महरा

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ : उपप्रम महरा
पोखरा : उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताएका छन्। स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर अाइतबार अवलोकन गर्दै उनले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताएका हुन्। पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उनले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक...

सन् २०१६ मा कति विदेशी आए नेपाल भ्रमणमा ?

सन् २०१६ मा कति विदेशी आए नेपाल भ्रमणमा ?
काठमाडौँ, २७ पुस :  सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ । सन् २०१५ मा पाँच लाख ५४ हजार ७४७ जना पर्यटकले मात्रै नेपाल भ्रमण...

कन्याममा घोडा व्यवसाय फस्टाउँदो

कन्याममा घोडा व्यवसाय फस्टाउँदो
इलाम, ९ पुस । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन ।  घोडामा चढाएर पर्यटक डुलाउनमै उनी व्यस्त हुन्छन्  । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ । घोडा चढेर पर्यटक रमाउन थालेपछि अहिले घोडावालाको आम्दानीका स्रोतसमेत बढेको छ । पर्यटकलाई घोडामा...

राजधानी नजिकै अर्काे इलाम !

राजधानी नजिकै अर्काे इलाम !
कालो बलेरोबाट ओर्लिए लगत्तै भोटेचौरको माथिल्लो डाडाँबाट चिया बगानको दृष्य देखेर उत्साही भएकी काठमाडौंकी लता खड्का चिच्याइन् ‘ओ…! यो त इलाम नै हो।’ सिन्धुपाल्चोकको भोटेचौरमा चिया बगान छ भनेर सुनेकै आधारमा शुक्रबार समूहसहित यहाँ आइपुगेकी लता बिहान उठ्ने वित्तिकै विशाल चिया बगान देखेर आश्चर्यमा परिन्। ‘यो त इलामभन्दा केही कमी छैन,’ चिया बगान हेर्न एकचोटी इलाम पुगिसकेकी उनले सुनाइन्। काठमाडौंस्थित मनमोहन मेमोरियल कलेजकी विद्यार्थी लतासँगै आउने अरु साथीहरु पनि यहाँको चिया...