‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना

‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना
म्याग्दी : कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण...

गोरखा बन्यो विद्युत्भार कटौतीमुक्त

गोरखा बन्यो विद्युत्भार कटौतीमुक्त
गोरखा: ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् । मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो । जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब...

बूढीगण्डकी जलविद्युतको मुआब्जा वितरण

बूढीगण्डकी जलविद्युतको मुआब्जा वितरण
मलेखु: धादिङ बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता जग्गाको रु तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए । जग्गाधनीले आयोजना विकास समितिका नाममा जग्गा पास गरिदिएपछि उनीहरुलाई रावाबैंकमार्फत रकम भुक्तानी गरिएको ढकालको भनाइ छ ।...

काबेली ए आयोजनाको निर्माण सुरु

काबेली ए आयोजनाको निर्माण सुरु
फाइल तस्बिर । ताप्लेजुङ : आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ ३७ दशमलव ६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । सन् २०२० मा सम्पन्न गर्ने लक्ष्यका साथ ताप्लेजुङ र पाँचथर जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुने आयोजनाको गत शुक्रबार शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । एक सय मिलियन अर्थात् रु १० अर्बको लगानीमा निर्माण हुने यो आयोजना पूर्वकै ठूलो र बहुप्रतिक्षित मानिएको छ ।...

माथिल्लो तामाकोसी ८५ प्रतिशत सम्पन्न

माथिल्लो तामाकोसी ८५ प्रतिशत सम्पन्न
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको छ । आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्य रुपमा अगाडि बढेको जनाइएको छ । हालसम्म आयोजनामा रु ३२ अर्ब ९८ करोड खर्च भएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत बढेर रु ४१ अर्ब ७८ करोड पुग्ने अनुमान छ । चालु आवको छ महिनामा मात्रै आयोजनामा रु...

मुलुकमा ऊर्जा क्रान्ति सुरु भयो: ऊर्जामन्त्री शर्मा

मुलुकमा ऊर्जा क्रान्ति सुरु भयो: ऊर्जामन्त्री शर्मा
विराटनगर: ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकमा ऊर्जा क्रान्ति सुरु भएको बताएका छन्। उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा आजदेखि एक साताका लागि सुरु भएको विराट एक्स्पो ०७३ को उद्घाटन गर्दै उनले ऊर्जा क्षेत्रमा क्रान्ति नगरी औद्योगिक क्षेत्रमा क्रान्ति सम्भव नरहेको स्पष्ट पारे। उनले चालु आर्थिक वर्षमै चाररपाँचवटा जलासययुक्त परियोजना सुरु गर्ने सोचाइका साथ कार्य भइरहेको जानकारी गराए। पूर्वी तराईमा आतङ्कका रुपमा देखिएको कोसी नदीबाट ठूलो परिमाणमा विद्युत् उत्पादन गर्ने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मन्त्री शर्माले...

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो
पाँचथर : पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।  यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९ मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल मङ्सिरमा सम्पन्न भई उत्पादन परीक्षण गरिएको थियो । पाँचथर...

पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै

पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै
भीमदत्तनगर :  ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन् । प्रेस सेन्टर कञ्चनपुरले शनिबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए । 'पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ', मन्त्री शर्माले भने, 'जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ।' उनले पश्चिम सेती, कर्णालीलगायत यहाँका जलविद्युत् आयोजनाको काम अगाडि...

६९ मेगावाट क्षमताको विद्युतगृहबाट ३६ मेगावाट विद्युत उत्पादन

६९ मेगावाट क्षमताको विद्युतगृहबाट ३६ मेगावाट विद्युत उत्पादन
दमौली : तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत् विद्युत् उत्पादन भएको छ । नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत् गृहबाट ३३ मेगावाट मात्र विद्युत् उत्पादन भएको हो ।  विद्युत् गृहका प्रमुख रामकुमार यादवले अहिले ३६ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए । नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो “चैत मसान्तदेखि वैशाख महिनाभर भने चर्को घामले हिउँ पग्लेर नदीमा पानीको बहाव बढ्ने र...

तीन वर्षपछि नेपालमा बिजुली फालाफाल हुन्छ : ऊर्जामन्त्री शर्मा

तीन वर्षपछि नेपालमा बिजुली फालाफाल हुन्छ : ऊर्जामन्त्री शर्मा
झापा: ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि नेपालमा विजुली फालाफाल हुने बताएका छन् । झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सव स्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो बताएको हो । “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं तर अबको तीन बर्षपछि बिद्युत बढीभन्दा बढी खर्च गरौं भनेर सार्वजनिक आव्हान गर्नेछौं ।” मन्त्री शर्माले भने “धेरैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगधन्दा खोल्नतिर लाग्नुहोस् ।” बिद्युत उत्पादन र प्रसारणको क्षेत्रमा...