स्वास्थ्य जाँच गरेर फर्किदै गरेकी गर्भवतीमाथि सामुहिक बलात्कार


१३ जेष्ठ २०७५, आईतवार
rape 3

काठमाडौं, १३ जेठ । नियमित स्वास्थ जाँच गरेर घर फर्किदै गरेकी ६ महिने गर्भवती महिलाको सामुहिक बलात्कार भएको छ । उनलाई नसालु पदार्थ पिलाएर एक अटो ड्राइभरले आफ्ना साथीहरुसँग मिलेर बलात्कार गरेका हुन् । rape 3

यो घटना भारतको नयाँ दिल्लीस्थित गुरुग्राम भन्ने स्थानको हो । यो घटना २१ मे को हो । बलात्कार भएको ४ दिनपछि ती महिला उजुरी दिन आफ्ना पतिसहित प्रहरी चौकी पुगेकी छिन् । प्रहरीले पीडित युवतीले दिएको उजुरीका आधारमा अज्ञात अटो ड्राइभर र उनका साथीविरुद्ध सामुहिक बलात्कारको मुद्दा दर्ता गरेको छ । प्रहरीले आरोपीको खोजीकार्य गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उजुरीपछि प्रहरीले महिलाको मेडिकल जाँच गराएको थियो । त्यसबाट महिलामाथि सामुहिक बलात्कार भएको पुष्टि भएको हो । डाक्टरले पीडित महिलाको गर्भमा भने कुनै असर नपरेको बताएका छन् । २१ मे मा उनका पतिले साइकलमा बसाएर उनलाई नियमित चेकजाँचका लागि लिएर गएका थिए ।

साइकलमा बस्दा गाह्राे भएपछि उनले पत्नीलाई अटोमा पठाएर आफू साइकलमै फर्किएका थिए । अटोमा बसेकी महिलालाई अटो ड्राइभरले नसालु पदार्थ मिसाएको पानी पिउन दिएका थिए । पानी पिउने वित्तिकै बेहोस भएकी गर्भवती महिलाको उनले साथीहरुसँग मिलेर बलात्कार गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७