नेपाल र यूएईबीचको खेल अवरुद्ध


३० चैत्र २०७५, शनिबार
nepvsuae

काठमाडौं, ३० चैत । मलेसियामा जारी आईसिसि यु १९ विश्वकप छनोटको नेपाल र युएईबीचको खेलमा अवरुद्ध भएको छ । मलेसियाको किन्रारा एकेडेमीको ओभल मैदान भइरहेको खेलमा पानीका कारण अवरुद्ध भएको हो ।

nepvsuae

खेलमा युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछयाइरहेको छ । युएईले ३० ओभरको समाप्तीमा ३ विकेट गुमाएर १२२ रन बनाएको छ ।

उसका लागि सैयद हैदरले ११, आर्यन लाक्राले ४, अन्स टन्डनले ५४ रन बनाएर आउट भए । भने भित्रय अरविन्दले ४७ रन बनाएर खेलिरहेका छन् ।

नेपालका लागि कमलसिंह ऐरी र सागर ढकालले एक–एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकको मद्धतमो ठुलो लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनायो क्वालालाम्पुरमा एक समय ११५–५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिले छैठौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

५४ बल खेलेका भीमले ४ चौका र २ छक्कासहित ५३ रनमा क्याच आउट भए । ७५ बल खेलेका हरिले ७ चौकाको मदतले नटआउट ६७ रन जोड्दै नेपालको इनिङ्स सम्मानजनक स्थितिमा र्पुयाए ।

नेपालका लागि रित गौतमले ४४ रन बनाउँदा आसिफ शेखले २७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रन जोडे ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए ।
त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किए । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

त्यस्तै २२ औं ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल दवावमा परेको थियो । नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका सहित ४४ रनको योगदान दिए । उनी २६ औं ओभरमा क्याच आउट भएका थिए । अन्य ब्याट्सम्यानमा कुशल मल्ल र राशिद खानले १–१ तथा कमलसिंह ऐरी र सागर ढकालले २–२ रनमात्र जोडे ।

यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।
प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन्। शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो। उता यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७