श्याम वदन श्रेष्ठलाई उत्कृष्ट महिला उद्यमीको उपाधि


२९ पुष २०७५, आईतवार
उत्कृष्ट नेपाली महिलाामा उद्यमी श्याम वदन श्रेष्ठ 2

काठमाडौं , २७ पुस । सार्क चेम्बर महिला उद्यमी परिषद् नेपालले (एससीडब्लूसी) शुक्रबार राजधानीमा उत्कृष्ट नेपाली उद्यमी अवार्ड कार्यक्रम आयोजना गरेको छ ।

परिषदकी अध्यक्ष रिता भण्डारीका अनुसार अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धि महिला उद्यमीहरु मध्ये नेपाल नट क्राफ्ट प्रा. लि.की अध्यक्ष श्याम वदन श्रेष्ठले उकृष्ट नेपाली उद्यमीको उपाधी प्राप्त गरेकी छिन् ।

बिजेता श्रेष्ठले २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा आयोजना हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार २०१८ कार्यक्रममा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछिन् ।

यसै गरी उक्त अवार्ड कार्यक्रममा तारा ओरियन्टलकी कार्यकारी निर्देशक मृदुला राज भण्डारीले पहिलो रनर अप र थ्री स्टार एडभेन्चर टेकिड्ड प्रा. लि.की मुख्य निर्देशक लक्की कार्की क्षेत्री दोस्रो रनर अप को उपाधी प्राप्त गरेका छन् ।

यस कार्यक्रममा आयोजित फेसन सो को फेसन डिजाइनको जिम्मा सरिता तुलाधर, अनु श्रेष्ठ र ज्ञानी शोभा तुलाधरले लिएका थिए । यसै गरी कार्यक्रममा सविना कार्कीले गायिकाको रुपमा आफुलाई प्रस्तुत गरिकी थिइन ।

सार्क उत्कृष्ट महिला उद्यमी पुरस्कार २०१८ आयोजनाको मुख्य उद्देश्य सार्क क्षेत्रका यस्ता महिलाहरुलाई सम्मान गर्नु हो जसले सृजनशिल भई आफ्नो राष्ट्रको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेका छन् ।


अन्तिम चरणमा पुगेका १० प्रतिस्पर्धी उद्यमीहरुको नामावली यस प्रकार छ ।
१. निकिता आचार्य, कार्यकारी निर्देशक÷फाउन्डर, अर्बन गर्ल
२ चन्द्र कला श्रेष्ठ पोखरेल, कार्यकारी निर्देशक÷फाउन्डर, हायर ग्राउण्ड क्राफ्ट
३. दिप्ति आचार्य, संचालिका, संस्कृत इन्टरनेशलन स्कूल
४. लक्ष्मी शर्मा, फाउण्डर, लक्ष्मी उड क्राफ्ट
५. लक्की कार्की क्षेत्री, मुख्य निर्देशक, थ्री स्टार एडभेन्चर टेकिड्ड प्रा. लि
६. मृदुला राज भण्डारी, कार्यकारी निर्देशक, तारा ओरियन्टल
७. पद्यासना शाक्य, अध्यक्ष, मानुषी
८. राम कली खड्का, अध्यक्ष, पोखरा महिला सिप विकास प्रा. लि.
९. श्रीजना राणा, कार्यकारी निर्देशक, होटल अन्नपुर्ण
१०. श्याम वदन श्रेष्ठ, अध्यक्ष नेपाल नट क्राफ्ट केन्द्र प्रा. लि.

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७