सांसदहरुले भने, ‘सभामुखद्वारा प्रजातन्त्रको अपहरण भयो”


९ आश्विन २०७४, सोमबार

 

काठमाडौं :  सोमबार सभामुख ओनसारी घर्ती मगरले संसदमा गणपूरक संख्या नपुर्‍याई जबर्जस्ती देवानी संहिता विधेयक पारित गरेको घटनालाई सांसदहरुले प्रजातन्त्र हरणको रुपमा टिप्पणी गरेका छन्। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्याबारे ध्यानाकर्षण गराए पनि सभामुखले जबर्जस्ती गरेको बताए।

 

सभामुखले छलछाम गरी विधेयक पारित गराउनु भयोु, सुवालले नागरिकन्युजसँग भने, ुहामीले प्रश्न उठाए पनि उहाँले गणना गर्नै मान्नु भएन। सभामुखले प्रजातन्त्र खोसेर देवानी कार्यविधि संहिता पारित गराउने काम भयो।ु निरंकुशतापूर्वक विधेयक पारित गराएको भने विधिसम्मत तरिकाले संसद सञ्चालन हुनुपर्ने बताए।

संसदको गणपूरक संख्या १४८ हो। १२१ सांसद उपस्थित भएको बैठकबाट सभामुखले जबर्जस्ती विधेयक पेश गरी पारित गरेकी थिइन्। विधेयक पारित गर्न गणपूरक संख्या नरहेकोबारे सुवालले संसद हलभित्र प्रश्न उठाएका थिए। सभामुखले त्यसलाई बेवास्ता गर्दै अघि बढेकी थिइन्।

सत्ता पक्षले गणपूरक संख्या नपुर्‍याई विधेयक पारिता गर्नु दुःखद भएको एमाले सांसद रेवतीरमण भण्डारीले बताए। सरकारका मन्त्रीले पेश गरेको विधेयक पारित गर्ने मुख्य जिम्मा सत्ता पक्षको हुन्छ। प्रदेश २ मा स्थानीय निर्वाचन तथा नजिकिएको दशैँका कारण सोमबार संसदमा सांसदहरुको उपस्थिति न्युन थियो। सोही अवस्थामा सभामुखले बलमिच्याइँ गरेकी थिइन्। सोमबारको सत्रसँगै संसद अर्को बैठक असोज २० गेतसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७